1 year ago
January 17, 2024
काठमाडौं – तीव्र गतिका बलर दीनेश अधिकारी र स्पिनर दीपेन्द्र रावतको अलराउन्ड प्रदर्शनमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ६४ रनले हराएको छ ।
जितको लागि १ सय ८५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको लुम्बिनी ४१.२ ओभरमा १ सय २४ रनमा अल आउट भयो । लुम्बिनीका कृष्ण कार्कीले ७७ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । मिर्नल गुरुङ २२, कृष्ण कार्की र निर्मल गुरुङले १०–१० रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
कर्णालीका अनुज चनाराले ७ ओभरमा ३ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए । दीनेश अधिकारीले ६ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र रावतले ५.२ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । दिवान पुनले १ विकेट लिए ।
त्यसअघि सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो ।
कर्णालीका दीनेश अधिकारीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५६ रन बनाए । त्यस्तै दीपेन्द्र रावतले ६९ बलमा ३ चौका र १ छक्कासहित ४७ रन बनाए । एक समय ८६–७ को अवस्थामा पुगेको कर्णालीलाई आठौं विकेटका लागि दीपेन्द्र र दीनेशले ७२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । हिमान्शु शाही २५, रविन्द्र शाही ११, राजेश खड्का ७ र प्रकाश जैसी ९ रनमा आउट भए ।
लुम्बिनीका अभिषेक गौतम र निर्मल गुरुङले ३(३ विकेट लिए । मोहम्मद हुसेन, कृष्ण कार्की र अजय चौहानले १(१ विकेट लिए । कर्णालीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा भने कर्णाली सुदूरपश्चिमसँग १ सय ३४ रनले पराजित भएको थियो । लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो । सुदूरपश्चिमसँग दोस्रो खेलमा लुम्बिनी ५ विकेटले पराजित भएको थियो ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]