1 year ago
January 17, 2024
एजेन्सी – तीव्र गतिका बलर जोश हेजलवुड र प्याट कमिन्सको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजलाई पहिलो दिन नै अल आउट गरेको छ । घरेलु टोली अष्ट्रेलिया पहिलो दिनमा ५९–२ को अवस्थामा छ ।
अष्ट्रेलिया १ सय २९ रनले पछि छ । डेविड वार्नरले सन्न्यास लिएपछि स्टिभ स्मिथले ओपनिङ गरेका थिए । तर स्मिथ शामर जोशेफको बलमा १२ रनमा क्याच आउट भए ।
मार्नस लाबुसेन पनि जोशेफकै बलमा १० रनमा क्याच आउट हुन पुगे । उस्मान खवाजा ५४ बलमा ४ चौकासहित ३० र क्यामरन ग्रीन ६ रनमा क्रिजमा छन् ।
त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज १ सय ८८ रनमा अल आउट भयो । वेस्टइन्डिजका युवा ब्याटर किर्क म्याकेन्जीले ९४ बलमा ७ चौकासहित सर्वाधिक ५० रन बनाए । अन्य कुनै पनि भ्रमण टोलीका ब्याटरले अष्ट्रेलिया तीव्र गतिका बलर सामु राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओपनर क्रेग ब्रेथवेट १३, तेजनारायण चन्द्रपाउल ६, एलिक एजान्थे १३, अल्जारी जोशेफ १४ र केमार रोचले १७ रन बनाए ।
अष्ट्रेलियाका जोश हेडजलवुडले १५ ओभरमा ६ मेडनसहित ४४ रन खर्चेर ४ विकेट लिए ।
प्याट कमिन्सले १७ ओभरमा ५ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । मिचेल स्टार्क र नाथन लायनले १–१ विकेट लिए । दोस्रो टेस्ट २५ जवनरी देखी सुरु हुनेछ । सिरिज दुई टेस्ट खेलको हुनेछ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]