default_image

1 year ago

January 16, 2024

श्रीलंकामाथि जिम्बावेको रोमान्चक जित

1168 views

0 Bookmark

एजेन्सी – जिम्बावेले दोस्रो टि२० आई खेलमा घरेलु टोली श्रीलंकामाथि ४ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा जिम्बावेले १–१ को बराबरी गरेको छ ।

जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेका ओपनर क्रेग इर्विनले ५४ बलमा ६ चौका र २ छक्कासहित सर्वााधिक ७० रन बनाए ।

जिम्बावेलाई जितको लागि अन्तिम ६ बलमा २१ रन चाहिँएको थियो । एन्जिलो म्याथ्युजलाई पहिलो बल ल्यूक जोंग्वेले लङअनमा छक्का हाने । तर उक्त बल नो हुँदा दोस्रो फ्रि हिट बलमा चौका हाने ।

दोस्रो बलमा लङअनमा छक्का हानेपछि चार बलमा जितको लागि तीन रन चाहिँएको थियो । तेस्रो बल डट हुँदा चौथो बलमा महेश थिक्सेनाले सहज क्याच छाड्न पुगेका थिए । पाँचौं बलमा छक्का हान्दै जोंग्वेले रोमान्चक जित दिलाए ।

जिम्बावेको जितका हिरो जोंग्वे १२ बलमा २ चौका र २ छक्कासहित २५ रनमा नट आउट रहे । क्लाइभ माडान्डे ५ बलमा २ छक्कासहित १५ रनमा नट आउट रहे । श्रीलंकाका महेश थिक्सेना र दुश्मन्था चामिराले २-२ विकेट लिए ।

त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो ।

श्रीलंकाका अनुभवी ब्याटर एन्जिलो म्याथ्युज ५१ बलमा ६ चौका र २ छक्कासहित ६६ रनमा नट आउट रहे । चरिथ असलंका ३९ बलमा ५ चौका र ३ छक्कासहित ६९ रनमा क्याच आउट भए ।

एक समय २७-४ को खराब अवस्थामा पुगेको श्रीलंकालाई पाँचौं विकेटका लागि म्याथ्युज र असलंकाले ७९ बलमा १ सय १८ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

जिम्बावेका ब्लेसिङ मुर्जाबानी र ल्यूक जाेंगवेले २-२ विकेट लिए । रिचर्ड न्गाराव र वेलिंटन मसाकाड्जाले १-१ विकेट लिए । पहिलो खेलमा श्रीलंका ३ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम निर्णायक खेल बिहीबार हुनेछ ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.