1 year ago
January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा छिमेकी टोली कर्णाली प्रदेशमाथि १ सय ३४ रनको फराकिलो जित हात पारेको छ ।
जितको लागि २ सय ७८ रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १ सय ४३ रनमा अल आउट भयो । कर्णालीका दीवान पुनले ५२ बला ५ चौकासहित सर्वाधिक ३८ रन बनाए । अर्जुन घर्ती २४ र दिनेश अधिकारी २० रनमा आउट भए ।
सुदूरपश्चिम प्रदेशका शेर मल्लले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । विशाक आग्रीले दुई, नरेन भट्ट, नारायण जोशी र भोजराज भट्टले १-१ विकेट लिए ।
त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रन बनाएको थियो ।
ओपनर खडक बोहराले १ सय १४ बलमा ६ चौकासहित सर्वाधिक ८० रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए । अर्का ओपनर टेक रावतले ९१ बलमा ७ चौकासहित ५९ रन जोडे ।
सुदूरलाई सानदार सुरुवात दिलाउन पहिलो विकेटका लागि टेक र खडकले २८ ओभरमा १ सय ३८ रनको शतकीय साझेदारी गरेका थिए । प्रधानमन्त्री कप क्रिकेट इतिहासकै ओपनरको रुपमा सर्वाधिक साझेदारी गर्ने कीर्तिमान कायम गरेका हुन् । यसअघि २०१९ मा आर्मीका राजु रिजाल र हरिकृष्ण झाले कर्णालीविरुद्ध १ सय ३२ रनको ओपनिङ साझेदारीको कीर्तिमान तोडेका हुन् ।
नारायण जोशी र किरण ठगुन्नाले तल्लोक्रममा विष्फोटक अन्त्य गरे । जोशी १२ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा नट आउट रहे ।
किरण ठगुन्ना ३३ बलमा ५ चौका र २ छक्कासहित ५० रनमा रन आउट भए । राजु रिजाल १९ र नरेश भट्ट १५ रनमा आउट भए । कर्णालीका दीनेश अधिकारी, युनिस सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले १–१ विकेट लिए ।
March 23, 2025
एजेन्सी – मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या शनिवार चेन्नईको एमए चिदम्बरम स्टेडियममा अभ्यास सत्रको क्रममा चेन्नई सुपर किंग्सका महान खेलाडी महेन्द्र सिंह धोनीलाई अँगालो मार्दै गर्दा क्यामरामा कैद भएका थिए। हार्दिकले अघि बढ्न खोजेका धोनीलाई जान दिएनन् र दुवै दुवैजना हाँसे। भारतीय अलराउन्डरले धोनीका बाइसेप्स र काँध छामे । हुन सक्छ विश्वकप विजेता कप्तानको फिटनेसको […]
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]