1 year ago
January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सूर्य तामाङको ह्याट्रिकसहित ६ विकेटमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशमाथि ८६ रनको सानदार पूनरागमन जित हात पारेको छ ।
जितको लागि १ सय ९१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मधेश २९ ओभरमा १ सय ४ रनमा अल आउट भयो ।
मधेशका पवन सरार्फले ४८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए ।
ओपनर मयन यादव ४९ बलमा ३ चौका र १ छक्कासहित ३१ र निरज यादवले १५ रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सूर्यले २९ औं ओभरमा ह्याट्रिक लिएका थिए । उनले पहिलो बलमा रुपेशसिंहलाई बोल्ड, दोस्रो बलमा राजेश यादवलाई स्टम्पिङ र तेस्रो बलमा साम्सद अन्सारीलाई क्याच गराउँदै ह्याट्रिक पूरा गरेका थिए ।
मधेश एक समय ८१-२ को बलियो अवस्थामा थियो । ईशान पाण्डेको बलमा पवन बोल्ड भएपछि बागमती खेलमा फर्किएको थियो । पवनको त्यो बोल्ड आउट नै मधेशको हारको टर्निङ प्वाइन्ट बन्यो ।
बागमतीको जितमा सूर्य तामाङले ९ ओभरमा ३ मेडनसहित १८ रन खर्चेर ६ विकेट लिए । ईशान पाण्डे र प्रतिश जि.सीले २(२ विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४९.२ ओभरमा १ सय ९० रनमा अल आउट भएको थियो । बागमतीका प्रतिश जि।सी।ले ५५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए । उनको पिएकपमा यो पहिलो अर्धशतक हो ।
अन्य कुनै पनि बागमतीका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर आशुतोष घिरैया ८, ईशान पाण्डे १५, रित गौतम १२, प्रतिक श्रेष्ठ र अशोक पौडेलले २–२ रन बनाए । विपिन आचार्य १३, रविन जोशी २१, सूर्य तामाङ ७ र रिजन ढकालले ११ रन बनाए । ३८ रन बागमतीले अतिरिक्त पाएको थियो ।
मधेशका अरनिको यादव र रुपेश सिंहले २–२ विकेट लिए । राजेश यादव, रन्जित कुमार, हरिशंकर शाह र पवन सरार्फले १–१ विकेट लिए ।
March 22, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ आज सुरु हुँदैछ। पहिलो खेल साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर) र रॉयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) बीच हुनेछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। यो सिजन केकेआरको कप्तानी अजिंक्य रहाणे ले गर्नेछन् । आरसिबीले पहिलो पटक कप्तानको जिम्मेवारी रजत पाटिदार लाई दिइएको छ। झन्डै दुई महिना […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]