1 year ago
January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफूलाई अष्ट्रेलिया क्रिकेट कल्चर मन नपरेको बताएका छन् । एक महिना अष्ट्रेलिया बसाईपछि नेपाल फर्किएका उनले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा कोशीविरुद्ध खेलेपछि उक्त प्रतिक्रिया दिएका हुन् ।
‘मलाई त्यस्तो नढाटी भन्दा अष्ट्रेलियाको क्रिकेट कल्चर मन परेन । किनभने म यहाँ दिनभर खेलेको बानी । त्यहाँ शनिबार खेल र अन्य दिन अभ्यास गर्नुपर्ने रहेछ । सोची राखेको थिए त्यस्तो क्रिकेट खेलेर पनि उनीहरु त्यति राम्रो गरेको छ’, कुशलले अष्ट्रेलिया क्रिकेट संस्कार बारे भने ।
अष्ट्रेलिया भम्रणमा राम्रो अनुभव भएको उनले बताए । ‘राम्रो अनुभव रह्यो । राम्रा खेलाडीहरु पनि खेलको थिए । बिग ब्यास लिग खेलेका र भिक्टोरिया लगायतका टोलीहरु पनि थिए । समग्रमा राम्रो भयो । तर जस्तो मैले सोचेको थिए त्यस्तो चाहिँ भएन । मेरो प्रदर्शन पनि सोचे जस्तो भएन’, कुशल भुर्तेलले अष्ट्रेलिया भ्रमणबारे भने ।
कुशलले कोशीविरुद्ध बलिङ गरेका थिए । बायाँ हाते ब्याटर सुजन थपलियाविरुद्ध लगातार गरेका थिए । सुजनले उनलाई ४ छक्का हानेका थिए । उनले ६ ओभरमा १ मेडनसहित ४१ रन खर्चेर १ विकेट लिएका थिए ।
खेल सकेलगत्तै उनी पुन बलिङ गर्न मैदानमा गएका थिए । आगामी दिनमा नेपाली क्रिकेटलाई नै सोचेर उनले गरेको बताउँछन् । ‘आजको मात्रै सोचेर होईन । म पछि सोचेर फालेको छु । मोन्टी सरले पनि लेग स्पिन फाली राख भन्नु भएको छ । त्यहिँ भएर म दिप्पीलाई भनेर भएपनि ५–६ ओभर गर्न खोजेको छु’, उनले भने ।
कुशल भुर्तेलको पूरा भिडियो :
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]