1 year ago
January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सीको अर्धशतकमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई १ सय ९१ रनको मध्यम लक्ष्य दिएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४९.२ ओभरमा १ सय ९० रनमा अल आउट भयो । बागमतीका प्रतिश जि.सी.ले ५५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए । उनको पिएकपमा यो पहिलो अर्धशतक हो ।
अन्य कुनै पनि बागमतीका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर आशुतोष घिरैया ८, ईशान पाण्डे १५, रित गौतम १२, प्रतिक श्रेष्ठ र अशोक पौडेलले २–२ रन बनाए । विपिन आचार्य १३, रविन जोशी २१, सूर्य तामाङ ७ र रिजन ढकालले ११ रन बनाए । ३८ रन बागमतीले अतिरिक्त पाएको थियो ।
मधेशका अरनिको यादव र रुपेश सिंहले २–२ विकेट लिए । राजेश यादव, रन्जित कुमार, हरिशंकर शाह र पवन सरार्फले १–१ विकेट लिए ।
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद)- युगाण्डामा जारी वुमेन्स डे कप टि ट्वान्टी आई सिरिजमा नेपालले हङकङविरुद्धको खेलमा टस हारेको छ । हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]