default_image

1 year ago

January 16, 2024

पिएमकपमा खडक र टेकको कीर्तिमानी साझेदारी

2874 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशका ओपनर खडक बोहरा र टेक रावतले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध कीर्तिमानी साझेदारी गरेका छन् ।

सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरलाई सानदार सुरुवात दिलाउन पहिलो विकेटका लागि टेक र खडकले २८ ओभरमा १ सय ३८ रनको शतकीय साझेदारी गरे ।

प्रधानमन्त्री कप क्रिकेट इतिहासकै ओपनरको रुपमा सर्वाधिक साझेदारी गर्ने कीर्तिमान कायम गरेका हुन् । यसअघि २०१९ मा आर्मीका राजु रिजाल र हरिकृष्ण झाले कर्णालीविरुद्ध १ सय ३२ रनको ओपनिङ साझेदारीको कीर्तिमान तोडेका हुन् ।

२०२१ को पिएमकपमा मधेशका हरिशंकर शाह र सन्तोष कार्कीले लुम्बिनी प्रदेशविरुद्ध पहिलो विकेटका लागि १ सय ३० रनको शतकीय साझेदारी गरेका थिए ।

ओपनरको रुपमा एपिएफका ओपनर अनिल शाह र प्रदीप ऐरीले २०१९ मा आर्मीविरुद्ध पहिलो विकेटका लागि १ सय १९ रनको शतकीय साझेदारी गरेका थिए ।

दोस्रो विकेटका लागि २०१८ मा प्रदीप ऐरी र सुवास खकुरेलले मधेश प्रदेशविरुद्ध २ सय ३१ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । त्यो नै कुनैपनि विकेटका लागि प्रधानमन्त्री कपमा भएको उच्च साझेदारी हो ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.