1 year ago
January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकामा रहेको नेपालले आइसिसी यू१९ विश्वकप अघि अन्तिम अभ्यास खेलको रुपमा आज वेस्टइन्डिजसँग खेल्नेछ । नेपाल र वेस्टइन्डिजबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
दक्षिण अफ्रिकामा नेपालले आइसिसीले प्रदान गर्ने पहिलो वार्मअप खेल स्कटल्यान्डसँग खेल्दै ७ विकेटले विजयी भएको थियो । त्यसअघि नेपालले स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो । वेस्टइन्डिजसँगको खेल अन्तिम वार्मअप हो । वार्मअप हुँदा नेपालले कुनैपनि खेलाडीलाई ब्याटिङ र बलिङमा खेलाउन सक्छ ।
नेपालले यू१९ विश्वकपमा २००८ मा वेस्टइन्डिजसँग खेलेको थियो । यू१९ विश्वकपमा त्यसपछि भने वेस्टइन्डिजसँग खेलको छैन । नेपालका देव खनाल, गुलशन झा र अर्जुन कुमाल प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । सिनियर टोलीबाट खेलेका देव र गुलशनले अतिरिक्त जिम्मेवारी लिनुपर्ने हुन्छ ।
गुलशनले पहिलो अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध शतक पनि हानेका थिए । जुन उनको करिअरको कुनैपनि खेलमा हानेको पहिलो शतक थियो । वेस्टइन्डिजका दुई खेलाडी जोशुवा डोर्नी र जेवेल एन्ड्रयु दुई प्रमुख ब्याटर हुन् । जेवेल विष्फोटक ब्याटर हुन् । नेपाललाई घातक बन्न सक्छन् । पहिलो वार्मअप खेलमा वेस्टइन्डिजले न्युजिल्यान्डलाई ६ विकेटले हराएको थियो ।
यू१९ विश्वकपमा नेपालको खेलहरु
माघ ७ (२१ जनवरी) : न्युजिल्यान्ड, बुफलो पार्क, इस्ट लन्डन
माघ १० (२४ जनवरी) : पाकिस्तान, बुफलो पार्क, इस्ट लन्डन
माघ १२ (२६ जनवरी) : अफगानिस्तान, बुफलो पार्क, इस्ट लन्डन
सबै खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सुरु हुनेछन् ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]