1 year ago
January 15, 2024
हिमाल खरेल, बिर्तामोड
झापाको बुद्धशान्तिमा जिल्ला अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताको हुने भएको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा मंगलबार सुरु हुने प्रतियोगिता माघ १२ गतेसम्म हुने प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।
झापाका १५ वटै पालिकाको सहभागी हुने प्रतियोगितामा विजेताले ट्रफीसहित १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको प्लेयर अफ दि म्याचले २ हजार, फाइनलको प्लेयर अफ दि म्याचले ५ हजार र प्लेयर अफ दि सिरिजले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाको सामना गर्नेछ । खेल बुद्धशान्ति २ स्थित पेट्रोल पम्प छेउको खुला मैदानमा हुनेछ ।
प्रतिष्ठानका अध्यक्ष प्रसाईंको अध्यक्षता तथा झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापा, कोशी प्रदेश सदस्य नारद नेपाल, झापा कोषाध्यक्ष तुलानाथ दाहालको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको थियो ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]