1 year ago
January 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशका स्टार अलराउन्डर पवन सरार्फले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा आफ्नो टोलीको लक्ष्य उपाधि जित्नै भएको बताएका छन् । दुई महिना अघि पोखरामा सम्पन्न केपी ओली कपको फाइनलमा आर्मीलाई हराउँदै उपाधि जितेको मधेश यस पटक पिएमकपमा प्रदेशका टोलीमा सबैभन्दा बलियो पनि मानिएको छ ।
मधेशले सुरुवाती दुई खेल खेल्दा कोशीलाई ७ विकेटले हराउँदा आर्मीसँग १ सय २६ रनले पराजित भयो । पवनले टोलीको लक्ष्य जित्नै भएको बताएका छन् । हाम्रो लक्ष्य त नढाटी भन्दा जित्ने नै छ । जित्दा भन्दा पनि हामी हरेक एक एक खेललाई लिएर गएका छौं । पछिल्लो समयको नतिजा हेर्दा हामी सकरात्मक नै छौं । आजको खेल त त्यस्तै भयो । तर फाइनल सम्म पुग्न हामी प्रयास गर्ने छौं, उनले भने ।
पछिल्लो समय पवन र अनिल कुमार शाह नेपाल पुलिस क्लब छाडेर मधेश फर्किएका छन् । जसले गर्दा मधेशको स्तरनै फेरिएको छ । तर केपी ओली कप देखी मधेशका स्टार अलराउन्डर विवेक यादव भने आर्मीमा गए । यस प्रतियोगिता देखी इमरान शेखपनि आर्मीमा जोडिएका छन् ।
हाम्रो लागि विवेक भएको भए छुट्टै मुमेन्ट हुन्थ्यो । हाम्रो योजना नै ५–६ जना भएर जस्तो कि विभागीयमा पनि त्यहिँ ५–६ जना नै तत्काल नेपालबाट खेलेको हो । हाम्रो सोच प्रदेशमा आएर माथि लगेर जाउ भन्ने थियो । आफैं पनि राम्रो प्रदर्शन गरेर सोच थियो । उसको केहि कुरा नमिलेर नखेलेको हो, विवेक बारे उनले भने ।
पवनको नेपाली र घरेलु क्रिकेट दुबैमा स्थान अस्थिर छ । ओपनिङ देखी तल्लोक्रमसम्म खेलेका छन् । अव ओपनिङमा नखेल्ने निर्णय लिएको पवन बताउँछन् । ओपनिङ म खेल्दिन भन्नेमा स्पष्ट भएको छु । म मध्यक्रम र तल्लोक्रममा खेल्छु जस्तो लाग्यो । ओपनिङमा खेल्ने मौका पनि छैन । म ओपनिङ ब्यक्तिगत रुपमा पनि खेल्दिन । टि२० मा खेल्न सक्छु । तर एकदिवसीयमा ५–६ नम्बरमै खेल्छु, पवनले आफ्नो स्थानबारे भने ।
जितको लागि ३ सय २१ रनको विशाल विजयी लक्ष्य पछ्याएको मधेश आर्मीसँग १ सय २६ रनले पराजित भयो । मधेशको लागि पवन सरार्फले ८३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिए ।
पहिलो इनिङ सकिएर कुरा गर्दा त्यस्तो गाह्रो चाहिँ लागेन । एक दुई जना मात्रै टप बलर थियो । स्पिनरलाई आजको विकेटमा त्यस्तो सहयोग थिएन । म नि आफैं बलिङ गर्दा त्यस्तो टर्न थिएन । अली कती सेटभएपछि उनलाई कठिन बनाउने छौं भन्ने कुरा भएको थियो । हाम्रो लक्ष्य विकेटमा बसौं र त्यसपछि हेरौंला थियो, उनले भने ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]