default_image

1 year ago

January 15, 2024

‘आर्मीमा उपाधि भन्दा अनुशासन बढी महत्व’- विनोद भण्डारी

1390 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले उपाधि भन्दा पनि अनुशासन आफ्नो संस्थामा बढी महत्वपूर्ण हुने बताएका छन् । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई १ सय २६ रनले हराउन शतक हानेपछि आर्मीका कप्तान विनोद भण्डारीले उक्त प्रतिक्रिया दिएका हुन् ।

आर्मी पछिल्ला दुई घरेलु प्रतियोगिता केपी ओली कपमा फाइनलमा मधेशसँग र प्रो क्लब च्याम्पियनसिपको सेमिफाइनलमा पर्सा ११सँग पराजित भएको थियो । त्यसले गर्दा उपाधि जित्न कतिको दबाब छ भन्ने प्रश्नमा विनोदले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘उपाधि नजित्दा त्यस्तो दबाब हामीलाई छैन । हामीहरुलाई अनुशासनको कुरा मात्रै आउँछ । आर्मी भनेको अनुशासनको संस्था हो । अनुशासनमै रहनुपर्छ भन्ने कुरा हो । हार जित भइराख्छ । कहिले कस्ले जित्छ । कहिले अर्कोले । जित्नको लागि आफ्नो प्रयास गरि राखेका हुन्छौं’, आर्मीका कप्तान विनोद भण्डारीले भने ।

त्यसैमा उनले थपे, ‘कहिले के र केहिले के मिस भई राखेको हुन्छ । भाग्य पनि हो वा होईन भन्ने खालको सबैलाई भई राखेको थियो । यो पटक अली एक्स्ट्रा फोकस गरेरनै टर्फ विकेटमा अभ्यास गरेका थियौं । हेरौ नतिजा चाहिँ ।’

आर्मीलाई जिताउन उनले ९३ बलमा ९ चौका र ६ छक्कासहित १ सय १३ रनको सानदार शतकीय इनिङ खेले । उनको पिएमकपमा दोस्रो र समग्र घरेलु क्रिकेटमा चौथो शतक हो । चार मध्य तीन शतक टियु क्रिकेट मैदानमा प्रहार गरेका छन् । टियुमा विनोदले सदाबहार सानदार प्रदर्शन गर्ने गर्दछन् ।

‘प्रो क्लब खेलेर आएपछि हिमालयनमा हामीले नियमित अभ्यास गरेका थियौं । टियुमा मैदानमा अभ्यास गर्न कसैलाई अनुमति छैन । इन्डोर र नेटमा मात्रै छ । त्यसले गर्दा उता गएर टर्फ विकेटमा गएर अभ्यास गरेका थियौं । त्यहाँको विकेटपनि यस्तै समान थियो । त्यसले गर्दा पनि सजिलो भएको हो । १०-१२ दिन टर्फमा नै अभ्यास गरेर बसेका थियौं’, उनले भने ।

विनोद भण्डारीको बारे थप जानकारी : विनोद : टियु मैदानका अविरल हार्ड हिटर

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

March 22, 2025

आइपिएल – उद्घाटन खेल वर्षाले प्रभावित हुने सम्भावना

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]

Success

Thank you for your time.