default_image

1 year ago

January 15, 2024

नारायणको अलराउन्ड प्रदर्शनमा सुदूरको विजयी सुरुवात

768 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर नारायण जोशीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा शेर मल्ल ४४ बलमा ४ चौका र २ छक्कासहित ४२ रनमा अविजित रहे । त्यस्तै नारायण जोशी ३० बलमा ४ चौकासहित २८ रनमा अविजित रहे ।

ओपनर खडक बोहरा २१, टेक रावत १८, नरेन भट्ट १२ र किरन ठगुन्ना १६ रनमा आउट भए । लुम्बिनीका अभिषेक गौतमले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए । कृष्ण कार्की र अजय चौहानले १–१ विकेट लिए ।

त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लुम्बिनी ४८.४ ओभरमा १ सय ५८ रनमा अल आउट भएको थियो । लुम्बिनीका प्रज्वल थापाले ६८ बलमा ४ चौकासहित सर्वाधिक ४२ रन बनाएका थिए ।

प्रज्वल बाहेक लुम्बिनीका कुनै पनि ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् । ओपनर विराट भण्डारी २३, सम्राट भुुषाल ९, मिर्नल गुरुङ १४, मोहम्मद हुसेन २६ र दिलसाद अली १० रनमा आउट भए ।

सुदूरपश्चिमका नारायण जोशीले ९.४ ओभरमा १ मेडनसहित ३६ रन खर्चेर ३ विकेट लिए । भोजराज भट्ट र नरेन साउदले २–२ विकेट लिए ।

लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो । सुदूरको यो पहिलो खेल थियो । सुदूरले मंगलबार कर्णालीसँग खेल्नेछ । लुम्बिनीले बुधबार कर्णालीसँग खेल्नेछ । आज मुलपानी खेलमा नेपाल एपीएफ क्लबले कोशी प्रदेशलाई ६ विकेटले हराएको थियो ।

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

March 22, 2025

आइपिएल – उद्घाटन खेल वर्षाले प्रभावित हुने सम्भावना

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]

Success

Thank you for your time.