1 year ago
January 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।
जितको लागि १ सय ३६ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको जितमा कप्तान रोहित पौडेलले ५३ बलमा ९ चौका र ३ छक्कासहित ८० रनको इनिङ खेले ।
त्यस्तै ओपनर प्रज्वल शाही २२, आसिफ शेख ४ र सुमित महर्जनले २० रन बनाए । कोशीका फिर्दोस अन्सारी, कमल खत्री, समिर कार्की र सोनु मण्डलले १–१ विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४४.३ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो । कोशीको लागि फिर्दोस अन्सारीले ८५ बलमा ८ चौकासहित सर्वाधिक ५५ रनको योगदान दिए । अन्य कुनैपनि कोशीका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओपनर मिनाश थापा शून्य, कप्तान अकिंत सुवेदी १३, सोनु अन्सारी २०, आशिष भट्टराई १० र सोनु मण्डलले ११ रन बनाए । एपीएफका रोहित पौडेलले ७ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले ८.३ ओभरमा ३ मेडनसहित १३ रन खर्चेर ३ विकेट लिए ।
अमर सिंह राउटेलाले २, भुवन कार्की र मौसम ढकालले १–१ विकेट लिए । एपीएफले पहिलो खेलमा बागमती प्रदेशलाई ८९ रनले हराएको थियो । कोशी भने पहिलो खेलमा मधेशसँग ७ विकेटले पराजित भएको थियो ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]