1 year ago
January 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् । विनोदले ८९ बलमा प्रधानमन्त्री कप करिअरको दोस्रो शतक हाने ।
विनोद ९३ बलमा ९ चौका र ६ छक्कासहित १ सय १३ रनको शतकीय इनिङ खेले । उनी रन्जित कुमारको ४४ औं ओभरको पाँचौं बलमा प्वाइन्टमा मयन यादवबाट क्याच आउट भए ।
उनले यसअघि २०२१ को पिएम कपमा गण्डकी प्रदेशविरुद्ध १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए । उनको करिअरको भने चौथो शतक हो ।
पिएमकपमा दीपेन्द्रसिंह ऐरीपछि दुई शतक प्रहार गर्ने उनी दोस्रो खेलाडी हुन् । पिएम कपको यो १७ औं शतक हो । दीपेन्द्र र विनोद बाहेक अन्य कुनैपनि ब्याटरले दुई शतक हानेका छैनन् ।
टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ५५ रन बनाएकोछ । एक समय २०.५ ओभरमा १०२–५ को अवस्थामा पुगेको आर्मीलाई पाँचौं विकेटका लागि विनोद र कुशल मल्लले १ सय १८ बलमा १ सय ३२ रनको शतकीय साझेदारी गरेका थिए । कुशल ४४ बलमा २ चौका र २ छक्कासहित ३७ रनमा आउट भए ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]