1 year ago
January 16, 2024
नेपाली क्रिकेट इतिहासमा यू-१९ पुरुष टोली सर्वाधिक सफल मानिन्छ । एसोसिएटमा राज गरेको नेपालले ठूला टेस्ट टोली भारतदेखि दक्षिण अफ्रिकाका सम्मका टोलीलाई हराइसकेको छ । भारतलाई भने नेपालले २०१७ को यू१९ एसिया कपमा हराएको थियो ।
नेपालले हालसम्म ७ पटक यू१९ विश्वकप खेलेको छ । नेपालले २००६ को प्लेट च्याम्पियनसिप नै जितेको थियो । २००२ र २००८ मा प्लेट च्याम्पियनसिप फाइनलमा पुगेर हारेको थियो । नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा गरि सात पटक यू-१९ विश्वमा सहभागीता जनाइसकेको छ । दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकप नेपालको आठौं सहभागीता हुनेछ ।
विश्वकपमा नेपालले सहभागीता मात्रै जनाएको छैन । ठूला टेस्ट टोलीलाई स्तब्ध पार्दै विश्व क्रिकेटमा सनसनी मच्चाइसकेको थियो । तर पर्याप्त घरेलु क्रिकेट, लगानीको अभाव र म्याच एक्सपोजरको कमीले यू-१९ पछि नेपालले सिनियरमा राम्रो गर्न सकेको छैन । नेपालले हालसम्म यू१९ विश्वकपमा हराएका पाँच ठूला टेस्ट टोलीहरु यस प्रकार छन् ।
१. दक्षिण अफ्रिका – २००४ र २००६
नेपालले यू–१९ विश्वकपमा दक्षिण अफ्रिकालाई दुई पटक पराजित गरेको छ । सन् २००४ मा बंगलादेशमा भएको विश्वकपमा नेपालले समूह चरणमा दक्षिण अफ्रिकालाई एक विकेटले हराएको थियो ।
दक्षिण अफ्रिकालाई १ सय ५६ रनमा अल आउट गरेको थियो । नेपालका मन्जित श्रेष्ठले ४, पारस खड्का, शक्ति गौचन र लाक्पा लामाले २–२ विकेट लिएका थिए । नेपालको जितमा शक्ति गौचनले १ सय ४० बलमा ५१ रन बनाउँदै जित दिलाएका थिए ।
नेपालले २००६ यू१९ विश्वकपमा दक्षिण अफ्रिकालाई प्लेटको सेमिफाइनलमा दुई रनले हराएको थियो । पहिला ब्याटिङ गरेको नेपालले कनिष्क चौगाई ५९ र ज्ञानेन्द्र मल्लले ४६ रनको सहयोगमा २ सय १४ रन बनाएको थियो ।
तर दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । रिचर्ड लेभी र डिएन एल्गर जस्ता चर्चित खेलाडीले त्यो समय नेपालविरुद्ध यू१९ विश्वकप खेलेका थिए ।
२. पाकिस्तान –२००२
नेपालले न्युजिल्यान्डमा २००२ मा भएको यू१९ विश्वकपमा समूह चरणमा पाकिस्तानलाई ३० रनले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १ सय ५१ रनमा अल आउट भएको थियो ।
बरदान चालिसले ४२ रन बनाएका थिए । तर १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान १ सय २१ रनमा अल आउट भएको थियो । पाकिस्तानको टोलीमा अजहर अली र उमर गुल जस्ता चर्चित खेलाडी खेलेका थिए । नेपालका दुई स्पिनर शक्ति र सन्जम रेग्मीले ३–३ विकेट लिँदै जित सहज बनाएका थिए ।
३. न्युजिल्यान्ड २००६ र २०१६
नेपालले न्युजिल्यानडलाई यू–१९ विश्वकपमा दुई पटक हराएको छ । कोलोम्बोमा २००६ को प्लेट च्याम्पियनसिपको फाइनलमा नेपालले न्युजिल्यान्डलाई एक विकेटले हराएको थियो ।
फाइनलमा २ सय ५ रनको लक्ष्य नेपालले दुई बल अगाडि ९ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालको जितमा बसन्त रेग्मीले ६६ रन बनाउनुको साथै ३ विकेट लिएका थिए । नेपालविरुद्ध त्यो समय मार्टिन गुप्टिल, टिम साउथी र कोलिन मुनरो जस्ता स्टार खेलाडी खेलेका थिए ।
२०१६ को समूह चरणमा पनि नेपालले न्युजिल्यान्डलाई हराएको थियो । नेपालले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । नेपालका कप्तान राजु रिजालले ४८, आरिफ शेख ३९, कुशल भुर्तेल ३५ र सन्दीप सुनारले ३९ रन बनाएका थिए ।
उक्त विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४७.१ ओभरमा २ सय ६ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डको टोलीमा वर्तमान स्टार रचिन रविन्द्र, ग्लेन फिलिप्स र फिन एलेन लगायतका खेलाडी थिए । नेपालका दीपेन्द्रले तीन र प्रेम तामाङले दुइ विकेट लिएका थिए ।
४. बंगलादेश – २००२
नेपालले २००२ को यू१९ विश्वकपमा बंगलादेशलाई २३ रनले हराएको थियो । नेपालले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा १८०-६ को स्कोर बनाएको थियो । वासुदेव थापा र मन्जित श्रेष्ठले सातौं विकेटका लागि ४३ बलमा नटआउट ५६ रनको साझेदारी गर्दै नेपाललाई त्यो स्कोरसम्म पुर्याएका थिए । वासुदेव ४१ र मन्जित २७ रनमा नटआउट थिए ।
प्रेम चौधरीले २५, बरदान चालिसेले २७ र कनिष्क चौगाईंले १४ रन बनाएका थिए । उक्त विजयी लक्ष्य पछ्याएको बंगलादेश १ सय ५७ रनमा अल आउट भएको थियो । नेपालका बरदान चालिसले सर्वाधिक ४ विकेट लिएका थिए ।
५. जिम्बावे – २००८
नेपालले २००८ को यू१९ विश्वकपमा जिम्बावेलाई पनि हराएको थियो । नवौं स्थानको लागि भएको खेलमा नेपालले जिम्बावेलाई ५९ रनमा अल आउट गर्दै ९९ रनको जित हात पारेको थियो ।
पुष्प थापाको सर्वाधिक ४० रनको सहयोगमा नेपालले १ सय ५८ रन बनाएको थियो । अमृत भट्टराई, पारस खड्का र राज श्रेष्ठले समान तीन विकेट लिँदै नेपाललाई जित दिलाएका थिए ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]