1 year ago
January 14, 2024
एजेन्सी – घरेलु टोली श्रीलंकाले पहिलो टि२० आई खेलमा जिम्बावेमाथि तीन विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता लिएको छ ।
जितको लागि १ सय ४३ रनको मध्यम विजयी लक्ष्य श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । जितको लागि अन्तिम ६ बलमा १४ रन चाहिँदा अनुभवी ब्याटर एन्जिलो म्याथ्युजले सुरुवाती दुई बलमा लगातार चौका प्रहार गरेका थिए । तेस्रो बल ब्लेसिङ मुर्जाबानीले डट र चौथो बलमा म्याथ्युजलाई क्याच गराएपछि खेल थप रोचक बनेको थियो ।
त्यसपछि दुश्मन्था चामिराले चौका र दुई रन बटुल्दै रोमान्चक जित दिलाए । दासुन शानका १८ बलमा ४ चौकासहित २६ रनमा नट आउट रहे । श्रीलंकाका अनुभवी ब्याटर एन्जिलो म्याथ्युजले ३८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।
एक समय ८३–६ को अवस्थामा पुगेको श्रीलंकालाई शानका र म्याथ्युजले सातौं विकेटका लागि ३४ बलमा ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । श्रीलंकाका पाथुम निसंका २, कुशल मेन्डिस र कुशल परेरा १७–१७ रनमा आउट भए ।
जिम्बावेका सिकन्दर राजाले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । राजाले ब्याटिङमा पनि ६२ रन बनाउँदै सानदार अलराउन्ड प्रदर्शन गरेपनि जिताउन सकेनन् ।
त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । जिम्बावेका सिकन्दर राजाले ४२ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । अन्य ब्याटरले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
क्रेग इर्भिन १०, सेन विलियम्स १४ र तिनाश कमुनहुकम्वे २६ रनमा आउट भए । श्रीलंकाका महेश थिक्सेनाले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । वानिन्दु हसरंगाले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । दुश्मन्था चामिराले १ विकेट लिए ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]