default_image

1 year ago

January 14, 2024

‘शतक बनेपछि मैले सेलेब्रेसन गर्न सकिँन’- सन्दीप जोरा

1770 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबका ब्याटर सन्दीप जोराले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशविरुद्ध शतक हानेपछि सेलेब्रेसन गर्न नसकेको बताएका छन् । बागमतीविरुद्ध १ सय १७ बलमा ७ चौका र ५ छक्कासहित १ सय १२ रन बनाउँदै जोराले आफ्नो करिअरकै पहिलो शतक हाने ।

‘एक समय ४१–५ को अवस्थाबाट पूनरागमन गर्दै २ सय ४१ रनमा पुर्याउन उनले सानदार शतक हानेका थिए । यो विकेटमा २ सय ४० सम्म राम्रो हुन्छ भन्ने योजना थियो । बोर्ड नहेर्ने र सकेसम्म अन्तिममा लगेर जाने थियो । एउटा साझेदारी निर्वाह गर्ने थियो । लोकेश र मेरो राम्रो साझेदारी पनि भयो’, त्यो खराब अवस्थाबारे जोराले भने ।

जोराको यो घरेलु र करिअर दुबैमा पहिलो शतक हो । नेपाल र घरेलु क्रिकेट दुबैमा जोरा अर्धशतकमा रोकिएका थिए । सन्दीप आफैं पनि एउटा शतक चाहेको बताउँछन् ।

‘घरेलु क्रिकेटमा मेरो एउटा पनि शतक थिएन । शतक बनेपछि मैले सेलेब्रेसन गर्न सकिँन । त्यति बेला एक्कासी हुँदा के गरौं के भयो । खुसी लाग्यो । यो इनिङले मेरो करिअरलाई फाइदा गर्छ’, उनले शतक बारे भने ।

डग आउटमा कप्तान रोहित पौडेल र प्रशिक्षक ज्ञानेन्द्र मल्लले उनलाई निरन्तर लामो इनिङ खेल्न सुझाव दिएका थिए । ज्ञानेन्द्र खेलाडी जीवनपछि पहिलो पटक राष्ट्रिय स्तरतरमा प्रशिक्षकको रुपमा एपीएफमा काम गरेका छन् । रोहित २०१८ पछि टोलीमा फर्किदै कप्तानी गरेका छन् ।

‘दाइले मानिसक र क्षमतामा दुबै परिवर्तन गर्नु भएको छ । तीन चार दिनको अभ्यासमा पनि धेरै सहयोग गर्नु भयो । के सुधार गर्नु पर्छ भन्ने कुरा । आज त्यति आएन । धेरै कुरा देखाउन बाँकी छ’, उनले भने ।

‘खेल ठूलो होस् वा सानो । शतक हान्दा खुसी लाग्छ । शतक हान्दा त्यो खुसी नै फरक हुन्छ । त्यो धेरै पछि लागेको छ । आगामी दिनमा पनि प्रयास गर्छु’, उनले भने ।

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

March 22, 2025

आइपिएल – उद्घाटन खेल वर्षाले प्रभावित हुने सम्भावना

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]

Success

Thank you for your time.