default_image

1 year ago

January 14, 2024

मिल्ने र एलेनको उत्कृष्ट प्रदर्शनमा न्युजिल्यान्डको लगातार दोस्रो जित

787 views

0 Bookmark

एजेन्सी – ओपनर फिन एलेन र तीव्र गतिका बलर एडम मिल्नेको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा पाकिस्तानलाई २१ रनले हराएको छ । यो जितसँगै न्युजिल्यान्डले पाँच खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ९५ रनको बलियो विजयी लक्ष्य पछ्याएको पाकिस्तान १९.३ ओभरमा १ सय ७३ रनमा अल आउट भयो । पाकिस्तानका बाबर आजमले ४३ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६६ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन ।
फखार जमानले २५ बलमा ३ चौका र ५ छक्कासहित ५० रनको आक्रामक इनिङ खेले । बाबर र फखार बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान शाहिन शाह अफ्रिदी २२, मोहम्मद रिजवान ७ र सैम अयुबले १ रन बनाए ।

न्युजिल्यान्डका एडम मिल्नेले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । टिम साउथी, बेन सेआर्स र ईश सोधीले २–२ विकेट लिए ।

त्यसअघि हामिल्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । न्युजिल्यान्डका फिन एलेनले ४१ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेले । डेभन कन्वे २०, केन विलियम्सन २६, डर्याल मिचेल १७, ग्लेन फिलिप्स १३ र मिचेल सान्टनारले २५ रन बनाए ।

पाकिस्ताानका हरिस रौफले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । अब्बास अफ्रिदीले २, आमेल जामल र उस्मान मिरले १–१ विकेट लिए ।

न्युजिल्यान्ड पहिलो खेलमा ४६ रनले विजयी भएको थियो । तेस्रो खेल बुधबार हुनेछ । चौथो शुक्रबार र पाँचौं तथा अन्तिम खेल हुनेछ ।

March 23, 2025

आइपिएलमा आज चेन्नई र मुम्बई खेल्दै

एजेन्सी – मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या शनिवार चेन्नईको एमए चिदम्बरम स्टेडियममा अभ्यास सत्रको क्रममा चेन्नई सुपर किंग्सका महान खेलाडी महेन्द्र सिंह धोनीलाई अँगालो मार्दै गर्दा क्यामरामा कैद भएका थिए। हार्दिकले अघि बढ्न खोजेका धोनीलाई जान दिएनन् र दुवै दुवैजना हाँसे। भारतीय अलराउन्डरले धोनीका बाइसेप्स र काँध छामे ‌। हुन सक्छ विश्वकप विजेता कप्तानको फिटनेसको […]

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

Success

Thank you for your time.