1 year ago
January 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता छैटौं संस्करण सुरु भएको छ । पाँच संस्करणका एकदिवसीय पिएमकप सकिँदा हालसम्म १६ शतक बनेका छन् । नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरी पिएमकपमा दुई शतक हान्ने एक्लो खेलाडी हुन् ।
पिएम कपमा १५ खेलाडीले शतक हानेका छन् । ओपनिङ देखी सातौं नम्बरसम्म आएर शतक सम्भव भएको छ । १६ मध्य ११ शतक तीन विभागीय टोलीका खेलाडीको नाममा छ । सर्वाधिक छिटो शतक विनोद भण्डारी र सुस्त गतीमा बनेको शतक सुनिल धमलाको नाममा छ । पिएमकपमा हालसम्म शतक प्रहार गर्ने खेलाडीहरु, प्रदर्शन र ब्याटिङ प्रदर्शन यस प्रकार छ ।
१. हासिम अन्सारी (मध्यामञ्चल) – छैटौं नम्बर
मधेश प्रदेशका पूर्वकप्तान हासिम अन्सारीले तत्कालिन मध्यामञ्चलबाट २०१७ को पिएमकपमा एपीएफविरुद्ध छैटौं नम्बरमा शतक हानेका थिए । पिएमकपमा छैटौं नम्बरमा शतक हान्ने एक मात्रै खेलाडी उनले १ सय २४ बलमा १२ चौका र १ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेलेका थिए ।
२.प्रदीप ऐरी (एपिएफ) – तेस्रो नम्बर
एपीएफका प्रदीप ऐरीले २०१८ को प्रधानमन्त्री कपमा तत्कालिन प्रदेश २ (मधेश प्रदेश) विरुद्ध १ सय ३५ बलमा १३ चौका र ८ छक्कासहित १ सय ५८ रनको शतकीय इनिङ खेलेका थिए । उनले तेस्रो नम्बरमा ब्याटिङ गर्दै पिएमकप इतिहासकै एकै खेलमा सर्वाधिक रन बनाएका थिए ।
३.सुवास खकुरेल (एपिएफ) – ओपनिङ
एपीएफको ओपनर सुवास खकुरेलले ओपनिङ गर्दै २०१८ को प्रधानमन्त्री कपमा मधेशविरुद्ध १ सय ३० बलमा ७ चौका र २ छक्कासहित १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए ।
४.सागर पुन (आर्मी) – ओपनिङ
त्रिभुवन आर्मी क्लबबाट २०१८ मा सागर पुनले सेमिफाइनल खेलमा ओपनिङ गर्दै तत्कालिन प्रदेश ५(लुम्बिनी) विरुद्ध १ सय ४२ बलमा १० चौका र ४ छक्कासहित १ सय १८ रनको शतकीय इनिङ खेलेका थिए ।
५.हरि चौहान (गण्डकी प्रदेश) – चौथो नम्बर
युवा ब्याटर हरि चौहानले २०१८ को पिएमकपमा प्रदेश नम्बर १ (कोशी) विरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्दै १ सय १५ बलमा ८ चौका र १ छक्कासहित १ सय रनको इनिङ खेलेका थिए । उक्त खेलमा उनले ह्याट्रिकसहित पाँच विकेट लिएका थिए । एकै खेलमा शतक र ह्याट्रिक लिने पिएमकपको एक्लो खेलाडी हुन् ।
६.ज्ञानेन्द्र मल्ल (बागमती) – पाँचौं नम्बर
नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले बागमतीबाट २०१९ मा एपीएफविरुद्ध पाँचौं नम्बरमा शतक हानेका थिए । उक्त खेलमा उनले १ सय ११ बलमा ८ चौका र ५ छक्कासहित १ सय १७ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन भने सकेका थिएनन् । उनी पाँचौं नम्बरमा शतक हान्ने पिएमकपका एक्लो खेलाडी हुन् ।
७. अनिल गुरुङ (गण्डकी)– ओपनिङ
गण्डकी प्रदेशका ओपनर अनिल गुरुङले २०१९ को पिएमकपमा लुम्बिनी प्रदेशविरुद्ध १ सय ५२ बलमा ५ चौका र १ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । गण्डकीबाट पिएमकपमा शतक हान्ने उनी पहिलो र एक्लो खेलाडी हुन् ।
८.अमित श्रेष्ठ(पुलिस) – (तेस्रो नम्बर)
नेपाल पुलिसका शीर्षक्रमका ब्याटर अमित श्रेष्ठले २०१९ को पिएमकपमा प्रदेश १ विरुद्ध तेस्रो नम्बरमा खेल्दै शतक हानेका थिए । उनले उक्त खेलमा १ सय १८ बलमा १५ चौका र १ छक्कासहित १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए ।
९.विनोद भण्डारी (आर्मी) – चौथो नम्बर
त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारीले २०२१ को प्रधानमन्त्री कपमा टियु मैदानमा चौथो नम्बरमा खेल्दै शतक हानेका थिए । गण्डकी प्रदेशविरुद्ध उनले ७६ बलमा ९ चौका र ५ छक्कासहित १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए । उक्त खेलमा उनले ७३ बलमा शतक हानेका थिए । जुन पिएमकप इतिहासकै सर्वाधिक छिटो शतक हो ।
१०.सुनिल धमला (पुलिस) – ओपनिङ
नेपाल पुलिसका ओपनर सुनिल धमलाले २०२१ को पिएमकपमा लुम्बिनी प्रदेशविरुद्ध १ सय ४५ बलमा ७ चौका र १ छक्कासहित १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए । उक्त खेलमा १ सय ४२ बलमा शतक पूरा गरेका थिए । पिएम कपको सबैभन्दा सुस्त शतक पनि हो ।
११.दीपेन्द्रसिंह ऐरी (पुलिस) – चौथो नम्बर
नेपाल पुलिसका कप्तान दीपेन्द्र सिंह ऐरीले २०२२ को पिएमकपमा आर्मीविरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्दै शतक हानेका थिए । उनले उक्त खेलमा १ सय २५ बलमा ११ चौका र ५ छक्कासहित १ सय ४० रनको शतकीय इनिङ खेलेका थिए ।
१२.आसिफ शेख (एपिएफ) – ओपनर
नेपाल एपिएफ क्लबका ओपनर आसिफ शेखले २०२२ को पिएमकपमा कर्णालीविरुद्ध १ सय ३६ बलमा १५ चौका र १ छक्कासहित १ सय ३० रनको शतकीय इनिङ खेलेका थिए ।
१३.अंकित सुवेदी (कोशी) – ओपनर
कोशी प्रदेशका कप्तान अंकित सुवेदीले २०२२ को पिएमकपमा बागमती प्रदेशविरुद्ध १ सय ३४ बलमा १२ चौका र १ छक्कासहित १ सय १० रनको शतकीय इनिङ खेलेका थिए ।
१४.दीपेन्द्र सिंह ऐरी (पुलिस) – चौथो नम्बर
दीपेन्द्र पिएमकपमा दुई शतक हान्ने एक्लो खेलाडी हुन् । २०२२ मै उनले चौथो नम्बरमा ब्याटिङ गर्दै बागमतीविरुद्ध ८२ बलमा ११ चौका र ४ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
१५. राशिद खान (पुलिस) – सातौं नम्बर
नेपाल पुलिस क्लबका अलराउन्डर राशिद खानले बागमतीविरुद्ध सातौं नम्बरमा ब्याटिङ गर्दै १ सय १२ बलमा ९ चौका र ६ छक्कासहित १ सय ६ रनको इनिङ खेलेको थिए ।
१६. सन्दीप जोरा (एपिएफ) – पाँचौं नम्बर
नेपाल एपीएफ क्लबका ब्याटर सन्दीप जोराले बागमतीविरुद्ध पाँचौं नम्बरमा आउँदै १ सय १७ बलमा ७ चौका र ५ छक्कासहित १ सय १२ रन बनाउँदै करिअरकै पहिलो शतक हानेका थिए ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]