1 year ago
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ विश्वकप अघि आधिकारीक वार्मअप खेलमा स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले हराएको छ । दक्षिण अफ्रिकामा नेपालको यू१९ विश्वकप अघि यो लगातार तेस्रो जित हो ।
जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ९९-३ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।नेपालका अर्जुन कुमाल ३३ र आकाश त्रिपाठीले २९ रन बनाए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्ड ४४.४ ओभरमा १ सय १४ रनमा अल आउट भयो । स्कटल्याण्डलाई सस्तैमा अल आउट गर्न नेपालका गुलशन झा र तिलक भण्डारीले ३-३ विकेट लिए ।
नेपालले अन्तिम वार्मअप खेल मंगलबार वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले दक्षिण अफ्रिकामा यसअघि दुई अभ्यास खेलमा दुबैमा जितेको थियो ।
नेपालले स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो । यी दुई खेल भने नेपालले आफैं अभ्यास खेल खेलेको थियो ।
जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । शीर्ष तीनमा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ ।
यू१९ विश्वकपमा नेपालको खेलहरु
माघ ७ (२१ जनवरी) : न्युजिल्यान्ड, बुफलो पार्क, इस्ट लन्डन
माघ १० (२४ जनवरी) : पाकिस्तान, बुफलो पार्क, इस्ट लन्डन
माघ १२ (२६ जनवरी) : अफगानिस्तान, बुफलो पार्क, इस्ट लन्डन
सबै खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सुरु हुनेछन् ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]