1 year ago
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनीसहित तीन युवा खेलाडी पहिलो पटक नेपाली महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका छन् । नेपालले अर्को महिना मलेसियामा हुने एसिसी वुमन्स प्रिमियर कप टि२० प्रतियोगिताको लागि २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ ।
जसमा बागमती प्रदेशकी एसोदा विष्ट, मधेशकी आरती महतो र गण्डकीकी ज्योत्स्निका मरासिनी पहिलो पटक बन्द प्रशिक्षणमा परेका हुन् । १९ वर्षीय एसोदा विष्ट मध्यक्रमकी ब्याटर हुन् ।
अघिल्लो महिना प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिताबाट उनले बागमतीबाट ७ इनिङमा १ सय ३८ रन बनाएकी थिइन् । सुरुवाती तीन खेलमा मधेशसँग ४७, कोशीसँग ४१ र गण्डकीसँग ४७ रन जोडेकी थिइन् । उनले २०१९ मा नेपालको यु१९ महिला टोलीबाट पनि खेलेकी थिइन् ।
गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनी पिएमकपकी उदीयमान अवार्ड पाउने खेलाडी हुन् । उनले ७ खेलमा ९१ रन बनाउनुको साथै ३ विकेट लिएकी थिइन् । १६ वर्षीय उनले मध्य गतिमा बलिङ गर्ने गर्दछन् । कर्णालीविरुद्ध ५० रन बनाउँदा एपीएफविरुद्ध दुई विकेट लिएकी थिइन् ।
मधेश प्रदेशकी आरती महतो पिएमकपमा अलराउन्ड प्रदर्शन गरेकी थिइन् । स्पिन बलिङसँगै मध्यक्रममा ब्याटिङ गर्ने गर्दछिन् । बायाँ हाते ब्याटर समेत रहेकी १५ वर्षीय आरतीले पहिलो पटक घरेलु क्रिकेट अघिल्लो महिना खेलेकी थिइन् ।
फेब्रुअरी १० देखी १८ सम्म मलेसियामा हुने प्रतियोगितामा नेपाल, थाईल्यान्ड, युएई, इन्डोनएसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स छन् ।
फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टि२० एसिया कप खेल्न पाउनेछन् । उक्त एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोटबाट आउने दुई टोली हुनेछन् । टियु र मुलपानी मैदान प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको कारण महिला टोलीको बन्द प्रशिक्षण पोखरामा हुनेछ ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :
इन्दु बर्मा (कप्तान), विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, सबनम राई, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, एसोदा विष्ट, खुशी डंगोल, रोमा थापा, सोमु विष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी ।
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]