1 year ago
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका अलराउन्डर राशिद खानले आफ्नो शतक भन्दा पनि टोलीको लागि खेलेको बताएका छन् । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमतीविरुद्ध सातौं नम्बरमा ब्याटिङ गर्दै १ सय १२ बलमा ९ चौका र ६ छक्कासहित १ सय ६ रनको कीर्तिमानी शतक प्रहारपछि राशिदले उक्त प्रतिक्रिया दिएका हुन् ।
‘ममाथि मैले भरोसा गरेको थिए । टिमले पनि गरेको थियो । समय थियो हामीसँग । त्यो समय लिए । खेलेपछि आफूलाई पनि भरोसा लाग्यो कि खेल्न सकिन्छ भनेर’, राशिदले शतक बारे ।
राशिद ब्याटिङमा आउँदा टस जितेर पहिला ब्याटिङ रोजेको पुलिस १६.३ ओभरमा ७२-५ को खराब अवस्थामा थियो । छैटौं विकेटका लागि आरिफ र राशिदले १ सय २० रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए ।
‘आरिफ दाइ पनि हुनुन्थ्यो । दाइसँग मिलेर एउटा साझेदारी गर्ने योजना थियो । १०-२० ओभर खेल्ने । एउटा साझेदारी गरेपछि राम्रो हुन्छ भन्ने थियो । कुरा सकरात्मक थियो । मेडन होस् वा डट बल हुँदा आरिफले मज्जाले खेल्न भन्नु भएको थियो । कुनै दबाब थिए’, उनले आरिफसँगको साझेदारी बारे भने ।
‘यो मेरो शतक हो । यो इनिङले आफूलाई भरोसा भयो की त्यस्तो अवस्थामा गएर म खेल्न सक्छु । आफुमाथि एउटा विश्वास आयो’, उनले भने ।
तीव्र गतिका बलिङ अलराउन्डर राशिदले २०१९ मा भुटानविरुद्ध टि२० आईमा नेपालका लागि डेब्यू गरेका थिए । त्यसपछि पुन नेपालबाट खेल्ने अवसर पाएका छैनन् ।
पुलिसको टोलीमा पनि नियमित मौका पाउन सकेका छैनन् । तर यस पटक गुलशन झा नहुँदा खेल्ने मौका पाएका छन् । प्रदर्शन गर्न आफैंमा दबाब हुने उनी बताउँछन् ।
‘राम्रो प्रदर्शन गर्न अली अली दबाब त हुन्छ । मौका पाएपछि त्यसको सदुपयोग गर्नेमा सकरात्मक थिए । बलिङमा अभ्यासमा जे छ त्यहिँ तयारी गरेका छौं । एकदिवसीय खेल हुँदा एकरुपतामा काम गर्नुपर्यो’, उनले भने ।
शतकका लागि सुरुमा मैले सोचेको थिएन । टिमको लागि नै म खेलेको थिए । रन नलागेपनि समय बिताउछु भनेर सोचेर गएको थिए । समय बिताउँदै गएपछि रन लाग्न थाल्यो । आफ्नो क्षमता बल अनुसार खेल्न थाले । ५० लागेपछि लाग्यो सकिन्छ । अव नछोडौं र अन्तिम समय सम्म लगेर जाउँ । ५० पछि रमाएर खेलेको थिए । स्कोर बोर्ड हेरेको थिएन’, उनले भने ।
राशिद सिनियर टोलीमा परे नपरे पनि आफूले गरेको मिहिनेत मैदानमा देखिनु पर्ने बताउँछन् । ‘यस्तो इनिङहरु मेरो करिअरमा महत्वपूर्ण हुन्छ । अहिले मैले मौका पाएको छु । टोलीमा म र करण दाइ तीव्र गतिका बलरको रुपमा छौं । ब्याटिङ जहाँ पनि आउन सक्ने हुँदा म तयार छु । सिनियर टोलीमा पर्ने नपर्ने खेलको कुरा हो । तर मैले जुन मिहिनेत गरेको छु त्यो मैदानमा देखिन पर्यो । त्यसै अनुसार खेलेको छु’, उनले भने ।
राशिद खान प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता इतिहासमा सातौं नम्बरमा शतक हान्ने पहिलो खेलाडी हुन् । यसअघि हासिम अन्सारीको छैटौं नम्बरबाट प्रहार गरेका थिए । त्यो भन्दा तल्लोनम्बरका ब्याटरले शतक हानेका थिएनन् ।
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]