default_image

1 year ago

January 13, 2024

अनिलको उत्कृष्ट ब्याटिङमा मधेशको विजयी सुरुवात

1697 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर अनिल कुमार शाहको उत्कृष्ट ब्याटिङमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको मधेशले २०.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । मधेशको जितमा अनिल कुमार शाहले ५४ बलमा १४ चौका र ३ छक्कासहित ८८ रनको आक्रामक इनिङ खेले ।

हरिशंकर शाह ३३ बलमा ४ चौकासहित २४, मयन यादव १, पवन सरार्फ २ र निरज यादवले ९ रन बनाए । कोशीका सोनु मण्डलले २ र सुजन थपालियाले १ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४१ ओभरमा १ सय २७ रनमा अल आउट भएको थियो ।

कोशीका लागि ओपनर तथा कप्तान अंकित सुवेदीले ५० बलमा ७ चौकासहित ४० रनको योगदान दिए । फिर्दोस अन्सारीले ७१ बलमा २ चौका र १ छक्कासहित ४१ रन बनाए । कोशीका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सोनु अन्सारी डक, मिनाश थापा १, आशिष भट्टराई २, सुजन थपालिया ३, सुभन गहतराजले ९ र सोनु मण्डलले ६ रन बनाए । मधेशका प्रदीप पासपानले ७ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । पवन सरार्फ, राजेश यादव र रन्जित कुमारले २-२ विकेट लिए ।

१० टोली सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । शीर्ष चार टोलीले इलिट टर्फी खेल्न पाउनेछन् । खेलहरु टियु, मुलपानी र भैरहवामा हुनेछन् । मधेशले सोमबार आर्मीसँग खेल्नेछ । कोशीले मुलपानीमा एपीएफसँग खेल्नेछ ।

March 23, 2025

चेन्नईले मुम्बईलाई हरायो

एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।‌ चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]

March 23, 2025

चेन्नईलाई सहज लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]

March 23, 2025

आइपिएलमा सनराइजर्स हैदरावादको विजयी सुरुवात

एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]

Success

Thank you for your time.