default_image

1 year ago

January 13, 2024

विपिनलाई सेन्ट मेरिज स्कुलले गर्यो ब्याट प्रायोजन

940 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर विपिन रावललाई सेन्ट मेरिज को एन्ड स्कुल सुर्खेतले ब्याट प्रायोजन गरेको छ । कर्णाली प्रदेशबाट घरेलु क्रिकेट खेल्ने उनी नेपालको यू१९ विश्वकप टोलीमा परेपछि ब्याट प्रायोजन गरेको हो ।

‘हाम्रो प्रदेशको हुँदा २० हजार रुपैयाँको ब्याट प्रायोजन गरेका थियौं’, स्कुलका को फान्डर नेल्सन गुरुङले हाम्रो खेलकुदसँग भने ।

गण्डकी लाइनमा रहेको उक्त स्कुलमा कक्षा १२ सम्म पढाई हुने गर्दछ । २०५० साल देखी निरन्तर सक्रिय रुपमा सुर्खेतमा पढाई हुँदै आएको छ ।

विपिन अघिल्लो महिना नेपालको यू१९ टोलीबाट प्रतिनिधित्व गरेका थिए । बायाँ हाते विकेटकिपर विपिनले कर्णालीबाट उमेर समूह र घरेलु क्रिकेट दुबैमा राम्रो प्रभाव छाड्दै आएका छन् ।

विपिनले पोखरा राइनोजबाट २०२१ मा एभरेष्ट प्रिमियर लिग खेलेका थिए । यू१९ विश्वकप अन्तर्गत अभ्यास खेलमा आज नेपालले स्कटल्यान्डसँग खेल्दै आएको छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.