default_image

1 year ago

January 12, 2024

विनोदको कप्तानीमा आर्मी क्रिकेट टोलीको घोषणा

3043 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले
प्रधानमन्त्री (पिएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि शुक्रबार विनोद भण्डारीको कप्तानीमा१४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको छ । पिएम कप शनिबार सुरु हुँदैछ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका रोहित पौडेल भने यसपटक आर्मीमा हुनेछैनन्। उनी हालै आर्मी छाडेर एपिएफमा आबद्ध भएका छन्। उनकै कप्तानीमा एपिएफले पिएम कपका‌ लागि टोलीको घोषणा गरिसकेको छ।

यस पटक पिएमकपका खेलहरू काठमाडौंको टियु र मुलपानी तथा भैरहवाको सिद्धार्थ रंगशालामा हुनेछन् । प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ ।

सबै ७ प्रदेश र तीन विभागीय टोलीले एकअर्कासँग खेल्नेछन् । यस पटक शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । शीर्ष चार टोलीले इलिट ट्रफी खेल्नेछन् ।

त्रिभुवन आर्मी क्लबको‌ क्रिकेट टोली

भिम सार्की, सन्तोष कार्की (विकेटकिपर), कुशल मल्ल, सन्दीप रजाली, सहाब आलम, बसिर अहमद,इमरान शेख, सोमपाल कामी, जितेन्द्र मुखिया, पवन कार्की, अभिनाश कर्ण,नितेश पटेल, विवेक यादव, विनोद भण्डारी (विकेटकिपर, कप्तान)

प्रशिक्षक – चन्द्र साउद
व्यवस्थापक – अनिलकुमार मण्डल

April 30, 2025

कोलकाताको चौथो जित

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]

April 29, 2025

दिल्लीलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितको लागि २ सय ५ रनको लक्ष्य दिएको छ। अरुण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो। कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह […]

April 29, 2025

नेपाल रातोको सहज जित

काठमाडौं ( हाम्रो खेलकुद)- दि कोर क्याम्प सिनियर टिम अभ्यास म्याचमा नेपाल रातोले नेपाल पहेंलोलाई ८ विकेटले हराएको छ। जितको लागि १ सय ५९ रनको सहज लक्ष्य नेपाल रातोले २९ .४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर त्रितराज दास र अर्जुन साउदले राम्रो सुरय दिलाए। उनीहरुले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै जितलाई […]

Success

Thank you for your time.