default_image

1 year ago

January 12, 2024

रोहितको कप्तानीमा एपिएफ क्रिकेट टोलीको घोषणा

3379 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा ४ वैकल्पिकसहित १८ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको छ ।

पिएम कप शनिबार सुरु हुँदैछ। त्रिभुवन आर्मी क्लब छाडेर पुनः एपिएफमा आबद्ध भएका रोहितलाई एपिएफले बिहीबार आफ्नो टोलीको कप्तान नियुक्त गरेको थियो । उनले यस अघि पनि एपिएफबाट खेलिसकेका छन्।

रोहितले आर्मीसंगको यात्रालाई बिट मार्दै एपिएफमा फर्किएका हुन् । २०१८ मा एपिएफले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता जित्दा रोहित टोलीका सदस्य थिए । त्यसपछि रोहित आर्मी पुगेका थिए ।

यो सिजन शरद भेषावकर भने एपिएफमा छैनन् । प्रदीप ऐरी र भुवन कार्कीले टोलीको नेतृत्व गरि सकेका छन् । तर टोली केहि भद्रगोल र नतिजा नआएपछि सिनियर टोलीको खेलाडी खोजेको थियो । त्यसमा रोहितलाई कप्तानको जिम्मेवारी दिँदै टोलीमा भित्र्याएको हो ।

यस्तै सन् २०११ देखी २०१९ सम्म एपीएफमा रहेर टोलीको नेतृत्व गरेका नेपाली राष्ट्रिय टोलीका सफल व्याटर तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल टोलीको प्रशिक्षक रहने छन् । गत महिना आईसिसी लेभल २ कोचिङ कोर्स पूरा गरेका मल्ल घरेलु क्रिकेटमा नयाँ भूमिकामा देखिने छन् ।

एपिएफले पछिल्ला दुबै प्रधानमन्त्री कपको उपाधि जितेको थियो । २०२१ मा टि२० र २०२२ नोभेम्बरमा एकदिवसीय पिएमकप उपाधि जितेको थियो । त्यसपछि पिएमकप आयोजना भएको छैन ।

पिएमकपका खेलहरू काठमाडौंको टियु र मुलपानी तथा भैरहवाको सिद्धार्थ रंगशालामा हुनेछन् । प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । सबै ७ प्रदेश र तीन विभागीय टोलीले एकअर्कासँग खेल्नेछन् । यस पटक शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । शीर्ष चार टोलीले इलिट ट्रफी खेल्नेछन् ।

एपिएफको क्रिकेट टोली:
रोहित पौडेल (कप्तान), मोहम्मद आशिफ शेख, प्रदीप ऐरी, सुमित महर्जन, भुवन कार्की, अमर सिंह राउटेला, पुरन बिक, लोकेश बाम, प्रज्वल शाही, अविनाश बोहोरा, इर्साद अहमद, रमेश कुर्मी, मौसम ढकाल, सन्दिप जोरा

वैकल्पिक खेलाडी: यज्ञमान कुमाल, आयुष्मान बाम, निर्मल थापा, आयुष बानिया

प्रशिक्षक: ज्ञानेन्द्र मल्ल
व्यवस्थापक: राजेश श्रेष्ठ

April 21, 2025

कोलकातालाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई जितको लागि १ सय ९९ रनको चुनौति दिएको छ। टस जितेर कोलकाताले पहिले गुजरातलाई ब्याटिङको लागि मैदानमा उतार्यो। गुजरातले कोलकाताका बलरहरुलाई निरिह बनाउँदै सानदार सुरुवात गर्यो। गुजरातले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९८ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले […]

April 21, 2025

कोलकाताले टस जित्यो

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्ससँगको खेलमा टस जितेको छ ।इडन गार्डेन्समा हुने खेलमा कोलकाताले टस जितेर फिल्डिङ रोजेको छ।शुभमन गिलको कप्तानीमा रहेको गुजरात शीर्ष स्थानमा र अजिन्के रहाणेको नेतृत्वमा रहेको कोलकाता सातौं स्थानमा छ।

April 20, 2025

मुम्बईको सानदार जित

एजेन्सी- रोहित शर्मा र सूर्य कुमार यादवको सानदार साझेदारीमा मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ।‌ जितको लागि १ सय ७७ रनको चुनौति पछाएको मुम्बईले १५.४ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्दै रवाफिलो जित निकाल्यो। ओपनर रायन रिकेल्टन २४ रमा रविन्द्र जडेजाको बलमा आउट भए। […]

Success

Thank you for your time.