default_image

1 year ago

January 12, 2024

दीपेन्द्रको कप्तानीमा पुलिसको बलियो टोली घोषणा

6413 views

0 Bookmark

काठमाडौँ( हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्र सिँह ऎरिको कप्तानीमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेकोछ ।


दीपेन्द्र आइसिसी टि२० विश्वकप एसिया छनोटमा केही महिना अघि संगापुर विरुद्ध घाइते भएका थिए ।

त्यसपछि उनले घरेलु क्रिकेट खेलेका छैनन् । त्यस्तै कुशल भुर्तेल पनि टोलीमा फर्किएका छन्।
उपाधिको मुख्य दाबेदार पुलिसमा सिनियर टोलीका स्टार खेलाडी छन्।

यु१९ विश्वकपको कारण गुलशन झा टोलीमा हुने छैनन् । योगेन्द्र सिंह कार्की र पवन सरार्फले पुलिस छाडी सकेका छन् । पवन मधेश जादा योगेन्द्र अष्ट्रेलियामा छन्।

पुर्व कप्तान मन्जित श्रेष्ठले टोलीको मुख्य प्रशिक्षकको जिम्मेदारी पाएका छन् । उनले राष्ट्रिय स्तरमा पहिलो पटक मुख्य प्रशिक्षकको भुमिका निर्वाह गर्नेछन् ।

उनको मुख्य प्रशिक्षकमा गत वर्ष पुलिसको महिला टोलीले नवौं राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेको थियो । पुरुष तर्फको नवौं बाटनै उनले पुलिस छाड्दै दीपेन्द्रलाई कप्तानी दिएका थिए । २०६५ देखि २०७९ सम्म मन्जितको कप्तानीमा पुलिसले घरेलु क्रिकेटमा एक दर्जन भन्दा बढी उपाधि जितेको थियो ।

पिएमकप शनिबार देखी काठमाडौंको टियु, मुलपानी र भैरहवाको सिद्धार्थ रंगशालामा हुनेछन् ।

प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । सबै ७ पदेश र तीन विभागीय टोलीले एकअर्कासँग खेल्नेछन् । यस पटक शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । शीर्ष चार टोलीले इलिट टर्फी खेल्नेछन् ।

पुलिसको टोली : दीपेन्द्र सिँह ऎरि (कप्तान), आरिफ शेख, करण केसी , कुशल भुर्तेल, अर्जुन साउद, दिलिप नाथ, अमित श्रेष्ठ, सुनिल धमला, ललित राजवंशी, सागर ढकाल, शंकर राना, राशिद खान, ललित भण्डारी र रोशन बुढाल ।

मुख्य प्रशिक्षक : मन्जित श्रेष्ठ
ब्यवस्थापक : चित्र बहादुर बिस्ट
टेक्निकल एनालिस्ट : विजय कुमार धिताल

April 22, 2025

दिल्लीको छैटौं जित

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स छैटौं जित दर्ता गर्न सफल भएको छ । दिल्लीले मंगलबारको खेलमा लखनउ सुपर जायन्ट्समाथि ८ विकेटको जित दर्ता गर्यो । जितको लागि १ सय ६० रनको चुनौति दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै आफ्नो पक्षमा पार्यो । ओपनर करूण नायर १५ रनमा आउट भए […]

April 22, 2025

विराटनगरमा‌ एमएम कप क्रिकेट हुने

काठमाडौं (हाम्रो खेलकुद )- विराटनगरमा तेस्रो एमएम कप क्रिकेट प्रतियोगिताको यसै साता सुरु हुने भएको छ। लामो समयदेखि विभिन्न कारणहरुले प्रतियोगिता भएको थिएन ।कोशी प्रदेशको राजधानी विराटनगर स्थित बैजनाथपुर क्रिकेट रंगशालामा एमएम कप वैशाख १३ गते देखि २० गतेसम्म आयोजना हुने भएको छ। ५० ओभरको एमएम कप क्रिकेट पहिलो पटक २०७५, दोस्रो पटक २०७६ सालमा […]

April 22, 2025

दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि १ सय ६० रनको चुनौति दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन‌ मात्र बनायो। सुरूवात राम्रो गरेपनि लखनउका मात्र डर अर्डरका खेलाडीको प्रदर्शन कमजोर रहयो। एडन मारक्रम र मिचेल […]

Success

Thank you for your time.