1 year ago
January 11, 2024
एजेन्सी – स्पिनर वानिन्दु हसरंगाले एक्लै ७ विकेट लिएपछि श्रीलंकाले तेस्रो ओडिआई खेलमा जिम्बाबेलाई ८ विकेटले हराएकोछ । योसँगै तीन खेलको सिरिज श्रीलंकाले २-० ले जितेकोछ ।
जितको लागि ९७ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले १६.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
श्रीलंकाका कुशल मेन्डिस ५१ बलमा ९ चौका र १ छक्कासहित ६६ रनमा नट आउट रहे ।
जिम्बाबेका रिचर्ड न्गारावा र वेलिङ्टन मसाकाड्जाले १-१ विकेट लिए ।
त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको जिम्बाबे २२.५ ओभरमा ९६ रनमा अल आउट भयो । जिम्बाबेका ओपनर जोयलर्ड गुम्बी २९ र तकुड्वान्शे कैतिआयो १७ रनमा आउट भए ।
एक समय ४३-० को अवस्थामा रहेपनी वर्षाको कारण पुन ब्याटिङमा फर्केपछि लगातार विकेट गुमाएको थियो ।
श्रीलंकाका वानिन्दु हसरंगाले ५.५ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ७ विकेट लिए । यो उनको करिअरको उत्कृष्ट प्रदर्शन हो । ओडिआइ इतिहासको पाचौं उत्कृष्ट बलिङ प्रदर्शन हो ।
तीन खेलको सिरिजमा पहिलो खेल बर्षाको कारण रद्द हुँदा दोस्रो खेलमा २ विकेटले विजयी भएको थियो ।
April 23, 2025
एजेन्सी –इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले पाँचौं जित हात पार्दा लिगको तेस्रो स्थानमा उक्लिएको छ। मुम्बईले आज सनराइजर्स हैदरबादलाई ७ विकेटले माथ दियो। जितको लागि १ सय ४४ रनको सहज विजय लक्ष्य मुम्बईले १५.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। रोहित शर्माले ४६ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए। […]
April 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज सनराईज हैदराबादसँगको खेलमा टस जितेको छ।टस जितेर मुम्बईले फिल्डिङ रोजेको छ। मुम्बई ८ अंकसहित तालिकाको छैटौं र हैदराबाद ४ अंकका साथ नवौं स्थानमा छ।
April 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स छैटौं जित दर्ता गर्न सफल भएको छ । दिल्लीले मंगलबारको खेलमा लखनउ सुपर जायन्ट्समाथि ८ विकेटको जित दर्ता गर्यो । जितको लागि १ सय ६० रनको चुनौति दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै आफ्नो पक्षमा पार्यो । ओपनर करूण नायर १५ रनमा आउट भए […]