1 year ago
January 11, 2024
एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएकोछ । योसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता लिएकोछ ।
जितको लागि १ सय ५९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले १७.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा शिवम दुबे ४० बलमा ५ चौका र २ छक्कासहित ६० रनमा अविजित रहे । रिंकु सिह ९ बलमा २ चौकासहित १६ रनमा नट आउट रहे ।
कप्तान रोहित शर्मालाई दोस्रो बलमै रन आउटकोरुपमा शुन्यमा गुमाएको थियो । शुभमन गिल १२ बलमा ५ चौकासहित २३ र तिलक बर्मा २२ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।
जितेश शर्मा २० बलमा ५ चौकासहित ३१ रनमा आउट भए ।
अफगानिस्तानका स्पिनर मुजिब उर रहमानले ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए । आजमतुल्लाह ओमरजाइले १ विकेट लिए ।
त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । अफगानिस्तानका मोहम्मद नाबीले २७ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रन बनाए । आजमतुल्लाह ओमरजाईले २२ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाए ।
ओमरजाई र नाबीले चौथो विकेटका लागि ४३ बलमा ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । नाजिबउल्लाह जद्रानले तल्लोक्रमका ११ बलमा ४ चौकासहित १९ र करिम जन्नतले ९ रन बनाए ।
ओपनर रहमानउल्लाह गुरबाज २३, इब्राहिम जद्रान २५ र रहमात शाहले ३ रन बनाए । भारतका अक्षर पटेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । शिवम दुबेले १ विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।
April 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग टुको स्कटल्याण्ड सिरिजको लागि खेलाडी छनौट प्रक्रिया ‘द कोर क्याम्प’ बाट गर्ने भएको छ। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताबाट क्यानले कुल ५२ खेलाडी छनोट गरेको थियो। जसमा यु १९ राष्ट्रिय टोलीका खेलाडी पनि सामेल छन्। द कोर क्याम्पको लागि ५२ खेलाडीलाई निलो टिम, हरियो […]
April 21, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले छैटौं जित निकालेको छ। कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरातले १२ अंक बनायो। जितको लागि १ सय ९९ रनको चुनौति पछाएको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो। कोलकाताले पहिलो पावर प्लेमा ४५ रन मात्र जोड्दा २ विकेट […]
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्पोरेट महिलाहरुको लागि आयोजना गरिने क्रिकेट प्रतियोगिता ‘शी स्ट्राइक्स’ को तेस्रो संस्करण यसै साता हुने भएको छ। ९ वटा कर्पोरेट टोलीहरुको सहभागितामा बैशाख १२ र १३ गतेका सिन्धुली बिपि राजमार्गमा पर्ने मुलकोटस्थित क्वालिटी बिच रिसोर्टमा क्रिकेट हुने सोमवार आयोजक एन इभेन्ट्सले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। सहभागी टोलीलाई ३ समूहमा विभाजन गरिएको […]