1 year ago
January 11, 2024
एजेन्सी –नेपालले आइसिसी यु१९ विश्वकप अघि दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको लगातार दोस्रो जित हो ।
जितको लागि १ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नामिबिया २९.५ ओभरमा १ सय ३५ रनमा अल आउट भयो ।
नामिबियाका कप्तान बसिंग-वोल्स्चेंकले ४९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाएपनि जिताउन सकेनन् ।
नेपालका गुलशन झाले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ५.५ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।
दुर्गेश गुप्ताले ६ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । बर्षाको कारण ढिलो सुरु हुँदा खेल ३० ओभरमा झारिएको थियो ।
नेपालका लागि १० औं नम्बरमा आएका दिपक डुम्रे २२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा नट आउट रहे ।
ओपनर अर्जुन कुमाल १, विपिन रावल २०, देव खनाल डक, गुलशन झा ३, दिपक बोहरा ५, उत्तम थापा मगर १२, आकाश त्रिपाठी २१, विशाल बिक्रम केसि १४ र दिपक बोहरा १५ रनमा आउट भए ।
नामिबियाका जे करिआटा, जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान दुई विकेट लिए ।
नेपालले पहिलो अभ्यास खेलमा स्कटल्याण्डलाई १ सय ३५ रनले हराएको थियो । नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ ।
जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् ।
April 23, 2025
एजेन्सी –इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले पाँचौं जित हात पार्दा लिगको तेस्रो स्थानमा उक्लिएको छ। मुम्बईले आज सनराइजर्स हैदरबादलाई ७ विकेटले माथ दियो। जितको लागि १ सय ४४ रनको सहज विजय लक्ष्य मुम्बईले १५.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। रोहित शर्माले ४६ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए। […]
April 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज सनराईज हैदराबादसँगको खेलमा टस जितेको छ।टस जितेर मुम्बईले फिल्डिङ रोजेको छ। मुम्बई ८ अंकसहित तालिकाको छैटौं र हैदराबाद ४ अंकका साथ नवौं स्थानमा छ।
April 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स छैटौं जित दर्ता गर्न सफल भएको छ । दिल्लीले मंगलबारको खेलमा लखनउ सुपर जायन्ट्समाथि ८ विकेटको जित दर्ता गर्यो । जितको लागि १ सय ६० रनको चुनौति दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै आफ्नो पक्षमा पार्यो । ओपनर करूण नायर १५ रनमा आउट भए […]