1 year ago
January 11, 2024
एजेन्सी – एसिसी टि२० प्रिमियर कप आगामी अप्रिलमा ओमानमा हुने पक्का भएकोछ । एसियन क्रिकेट काउन्सील (एसिसी) ले प्रतियोगिता अप्रिल १० देखी २३ सम्म ओमानमा हुने जनाएको छ । एसिसीले २०२४ को क्यालेन्डर सार्वजनिक गर्दै प्रिमियर कपको पनि टुङ्गो लगाएको छ ।
प्रतियोगिता विजेताले एसिया कप टि२० आई खेल्न पाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान जस्ता टेस्ट टोलीसँग खेल्ने अवसर पाउनेछन् ।
टि२० विश्वकप आगामी जुन ४ देखी ३० सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदैछ । त्यसअघि एसिया कप हुनेछ । एसिया कप कहाँ र कहिले हुने टुङ्गो लाग्न बाँकी छ । एसिसी प्रिमियर कपमा नेपालसहित बहराइन, हङकङ, कुवेत, मलेसिया, ओमान, कतार, युएई र छनोटबाट आउने दुई टोली हुनेछन् ।
नेपाल, युएई र ओमान त्यसका प्रमुख दाबेदार टोली हुन् । नेपालले गत वैशाखमा घरेलु मैदान टियुमा सम्पन्न एसिसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेलेको थियो । एसिया कपमा नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो । त्यो समय एसिया कप ५० ओभरको भएको थियो । विश्वकप अनुसार टि२० र एकदिवसीय हुने गर्दछ ।
April 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रवारको नतिजाअघि पुछारका दुई टोलीको भिडन्तमा सनराइजर्स हैदरबादले चेन्नई सुपर किङ्सलेलाई ५ विकेटले हराएको छ। जितको लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरको ८ बल बाँकी रहँदै विजय प्राप्त गर्यो। टोलीका ब्याटरले सामूहिक प्रदर्शन गरे । इशान किसनलले टोलीका लागि ३४ बलमा ५ चौका र […]
April 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदरबादलाई जितको लागि १ सय ५५ रनको लक्ष्य दिएको छ। सनराइजर्सले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९ .५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ५४ रन बनायो। चेन्नईले निराशाजनक ब्याटिङ प्रदर्शन गर्यो। पहिलो पावर प्लेमा ५० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। […]
April 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले महिला टि ट्वान्टी विश्वकप एसिया क्वालिफायरका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। टोलीको कप्तानमा इन्दु बर्मा र उप कप्तानमा यु-१९ टोली कप्तान पूजा महतो छिन् । पछिल्लो पटक युगाण्डा सिरिज खेलेको टोलीमा केहि परिवर्तन यो पटक गरिएको छ। कविता कुँवर चोट मुक्त भएर टोलीमा फर्किएकी […]