1 year ago
January 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको कप्तानीमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । यू-१९ विश्वकपको कारण गण्डकीको टोलीमा प्रमुख ब्याटर अर्जुन कुमाल टोलीमा छैनन् ।
त्यस्तै यू१९ विश्वकपकै कारण दीपक डुम्रे पनि छैनन् । गण्डकीले युवा खेलाडीलाई प्राथमिकतामा राख्दै टोली घोषणा गरेको छ । पिएमकप शनिबार देखी काठमाडौंको टियु, मुलपानी र भैरहवाको सिद्धार्थ रंगशालामा हुनेछन् ।
प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । सबै ७ पदेश र तीन विभागीय टोलीले एकअर्कासँग खेल्नेछन् । यस पटक शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । शीर्ष चार टोलीले इलिट टर्फी खेल्नेछन् ।
गण्डकीको टोली :
विपिन खत्री (कप्तान), समिर कँडेल (उप–कप्तान), ईश्वर क्षेत्री, मुश्कान थापा मगर, रोशन गौतम, कृष ऐर, आश्विनी राना मगर, कमल परियार, अमृत गुरुङ, कृष्ण पौडेल, करण पंगेनी, सन्दीप पराजुली, चन्द्रकान्त पौडेल र अंकित न्यौपाने ।
वैकल्पिक खेलाडीः अर्जुन रायमाझी, दीनेश बुढामगर, गोविन्द विक र तुल्सिराम भण्डारी ।
प्रशिक्षक : रिजन प्रजु
टिम व्यवस्थापक : ऋषिराम गौतम
टेक्निकल एनालिष्ट : दिवाकर थापा
April 24, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले राजस्थान रोयल्सलाई ११ रनले हराएको छ। जितको लागि २ सय ६ रनको चुनौति राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रनमा अल आउट भयो। ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि ५२ रनको साझेदारी गरे। वैभव १६ रनमा आउट भए। […]
April 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरू (आरसिबी) ले राजस्थान रोयल्सलाई जितको लागि २ सय ६ रनको चुनौति दिएको छ। राजस्थानले टस जित्दै आरसिबीलाई पहिले ब्याटिङको लागि उतार्यो। आरसिबीले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो। ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटको लागि ६१ रनको साझेदारी […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। मधेश प्रदेश क्रिकेट संघद्वारा दुई वर्षअघि आयोजित महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान क्रिकेटर सिद्धान्त घाइते भएका थिए। उनले सो प्रतियोगिता कोशी प्रदेशबाट खेलेका थिए। गण्डकी प्रदेश विरुद्धको खेलमा उनको घुँडामा चोट […]