1 year ago
January 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हरिशंकर शाहको कप्तानीमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । अघिल्लो महिना केपी ओली टि२० प्रतियोगिता उपाधि जितेको मधेशले सिनियर टोलीका तीन खेलाडी समेट्दै बलियो टोली घोषणा गरेको छ ।
हरिशंकरसँगै पवन सरार्फ र अनिल कुमार शाह सिनियर टोलीबाट खेलेका खेलाडी छन् । पवन उपकप्तानको रुपमा छन् । यू१६ टोलीका कप्तान अभिषेक तिवारीर ओपनर मयन यादव पनि टोलीमा छन् ।
पिएमकप शनिबार देखी काठमाडौंको टियु, मुलपानी र भैरहवाको सिद्धार्थ रंगशालामा हुनेछन् । प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ ।
सबै ७ पदेश र तीन विभागीय टोलीले एकअर्कासँग खेल्नेछन् । मधेश २०२२ मा भएको पिएमकपकमा पहिलो पटक सेमिफाइनलमा पुगेको थियो । यस पटक शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । शीर्ष चार टोलीले इलिट टर्फी खेल्नेछन् । मधेश प्रदेशको एक मजबुत टोली मानिन्छ ।
मधेशको टोली :
हरिशंकर शाह (कप्तान), निरज यादव, मयन यादव, अनिल कुमार शाह (विकेटकिपर), पवन सरार्फ, अभिषेक तिवारी, अरनिको यादव, राहुल मण्डल, विशाल पटेल, रन्जित कुमार, साम्सद अन्सारी, प्रदीप पासवान र राजेश यादव ।
वैकल्पिक : डब्लू मलिक, भुलवान शहानी, प्राथिव यादव र साहिल पटेल ।
प्रशिक्षक : सुनिल शाह
व्यवस्थापक : सुवास जैसवाल
भिडियो एनालिष्ट : नवनित जैसवाल ।
April 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रवारको नतिजाअघि पुछारका दुई टोलीको भिडन्तमा सनराइजर्स हैदरबादले चेन्नई सुपर किङ्सलेलाई ५ विकेटले हराएको छ। जितको लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरको ८ बल बाँकी रहँदै विजय प्राप्त गर्यो। टोलीका ब्याटरले सामूहिक प्रदर्शन गरे । इशान किसनलले टोलीका लागि ३४ बलमा ५ चौका र […]
April 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदरबादलाई जितको लागि १ सय ५५ रनको लक्ष्य दिएको छ। सनराइजर्सले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९ .५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ५४ रन बनायो। चेन्नईले निराशाजनक ब्याटिङ प्रदर्शन गर्यो। पहिलो पावर प्लेमा ५० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। […]
April 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले महिला टि ट्वान्टी विश्वकप एसिया क्वालिफायरका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। टोलीको कप्तानमा इन्दु बर्मा र उप कप्तानमा यु-१९ टोली कप्तान पूजा महतो छिन् । पछिल्लो पटक युगाण्डा सिरिज खेलेको टोलीमा केहि परिवर्तन यो पटक गरिएको छ। कविता कुँवर चोट मुक्त भएर टोलीमा फर्किएकी […]