1 year ago
January 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल नेपाल एपिएफ क्लबको क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । शनिबार सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अघि मल्ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको एपिएफले जनाएको छ।
मल्लले अघिल्लो महिना मात्रै सिंगापुर पुगेर आइसिसी लेभल २ कोचिङ कोर्ष गरेका थिए । उनीसँग काठमाडौं क्रिकेट टेनिङ सेन्टरमा प्रशिक्षण दिएको लामो अनुभव छ । पछिल्लो समय उनले क्रिकेट एक्सिलेन्स सेन्टरमा प्रशिक्षण दिँदै आएका छन् । मल्लले सन् २०११ देखि २०२० सम्म एपिएफबाट व्यवसायिक क्रिकेट खेल्दै टोलीको कप्तानी समेत गरेका थिए ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एपिएफले आफ्नो टोलीको कप्तान बनाएको छ । रोहित आर्मी छाडेर एपिएफ पुगेका हुन् । यसअघि एपिएफको मुख्य प्रशिक्षकमा राजेश श्रेष्ठ थिए ।
एपिएफको महिला टोलीलाई सोनु तामाङले प्रशिक्षण दिदै आएका छन् । तामाङको मुख्य प्रशिक्षणमा एपीएफले यस पटकको प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता उपाधि जितेको थियो ।
मल्लले ५ महिना अघि आफ्नो खेल जीवन सन्न्यास लिएका थिए । २००६ देखि नेपाली क्रिकेट टोलीबाट खेलेका मल्लले अन्तिम खेल २०२३ जुलाई ४ मा आयरल्यान्डविरुद्ध खेलेका थिए ।
नेपाली क्रिकेट इतिहासका एक सफल ब्याटर मल्लले नेपालबाट ३७ ओडिआईमा र ४५ टि२० आई खेल खेलेका छन् । पारस खड्काले कप्तानी छाडेपछि मल्लले २०१९ देखि २०२१ सम्म नेपाली टोलीको नेतृत्व गरेका थिए ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]
March 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले दिल्लीको टोलीसँगको ५० ओभरको ३ खेलको सिरिजमा क्लिन स्विप गरेको छ । पर्सामा शनिवार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली यु-१९ टोलीलाई ५१ रनले पराजित गर्दै सिरिजमा क्लिन स्विप गरेको हो । यसअघि दुवै खेल नेपालले सहजै जितेको थियो। १ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली […]