default_image

1 year ago

January 11, 2024

रोहितले आर्मी छाडे

7684 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले त्रिभुवन आर्मी क्लब छाडेका छन् । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिता शनिबार देखि सुरु हुँदैछ ।

आर्मीका मुख्य प्रशिक्षक चन्द्र सावदले रोहितले आर्मी छाडेको हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।

रोहितले पछिल्लो पटक आर्मीबाट गत महिना विरगंजमा सम्पन्न प्रो क्लब च्याम्पियनसिप खेलेका थिए । रोहित सन् २०१८ मा एपिएफले प्रधानमन्त्री कपको उपाधि जित्दा टोलीका सदस्य थिए । त्यसपछि रोहित एपिएफ छाडेर आर्मी गएका थिए ।

रोहितले अब नेपाल पुलिस क्लब वा नेपाल एपिएफ क्लब मध्ये एकबाट खेल्ने सम्भावना छ ।

रोहित गतवर्ष नेपालको कप्तानमा नियुक्त भएका थिए । उनको कप्तानीमा नेपालले सानदार प्रदर्शन गर्दै आएको छ । ओडिआई मान्यता निरन्तरता, टि२० विश्वकपमा पुनः स्थान र पहिलो पटक एसिया कप खेल्ने जस्ता ठूलो उपलब्धि हात पारेको छ ।

रोहित नेपालका भरपर्दा ब्याटर समेत हुन् । हरि चौहानले केही महिना अघिनै आर्मी छाडेका थिए । काठमाडौं हुँदै बागमतीबाट प्रदेश छ्नोट खेले पनि उनले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । स्पिनर सुशान भारी आर्मी छाडेर अष्ट्रेलिया पुगि सकेका छन् ।

यु१९ विश्वकपका कारण आकाश चन्द पनि आर्मीको टोलीमा हुने छैनन् । आर्मीमा कप्तान विनोद भन्डारी, सोमपाल कामी, भिम सार्की, जितेन्द्र मुखिया लगायतका चर्चित खेलाडी हुनेछन् । स्पिनर साहब आलमले भने उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

प्रधानमन्त्री कप पहिलो पटक राउन्ड रोविनको आधारमा हुनेछ । टियु, मुलपानी र भैरहवामा एक साथ प्रतियोगिता सन्हुचालन हुनेछ ।

April 22, 2025

दिल्लीको छैटौं जित

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स छैटौं जित दर्ता गर्न सफल भएको छ । दिल्लीले मंगलबारको खेलमा लखनउ सुपर जायन्ट्समाथि ८ विकेटको जित दर्ता गर्यो । जितको लागि १ सय ६० रनको चुनौति दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै आफ्नो पक्षमा पार्यो । ओपनर करूण नायर १५ रनमा आउट भए […]

April 22, 2025

विराटनगरमा‌ एमएम कप क्रिकेट हुने

काठमाडौं (हाम्रो खेलकुद )- विराटनगरमा तेस्रो एमएम कप क्रिकेट प्रतियोगिताको यसै साता सुरु हुने भएको छ। लामो समयदेखि विभिन्न कारणहरुले प्रतियोगिता भएको थिएन ।कोशी प्रदेशको राजधानी विराटनगर स्थित बैजनाथपुर क्रिकेट रंगशालामा एमएम कप वैशाख १३ गते देखि २० गतेसम्म आयोजना हुने भएको छ। ५० ओभरको एमएम कप क्रिकेट पहिलो पटक २०७५, दोस्रो पटक २०७६ सालमा […]

April 22, 2025

दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि १ सय ६० रनको चुनौति दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन‌ मात्र बनायो। सुरूवात राम्रो गरेपनि लखनउका मात्र डर अर्डरका खेलाडीको प्रदर्शन कमजोर रहयो। एडन मारक्रम र मिचेल […]

Success

Thank you for your time.