1 year ago
January 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक नियुक्त प्रक्रिया विवादमा परेको छ । महाप्रबन्धकका लागि आवेदन दिने मध्येका नवराज कोइरालाले महाप्रबन्धक नियुक्ती प्रक्रिया निष्पक्ष नभएको आरोप लगाएका छन् ।
कोइरालाले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै नियुक्ति प्रक्रिया ७२ घन्टा भित्र नसच्याए क्यान र सचिव पारस खड्काविरुद्ध सर्वोच्च अदालत जाने समेत चेतावनी दिएका छन् । क्यानले सोमबार उत्सव ढुंगानालाई आफ्नो महाप्रबन्धक नियुक्त गरेको थियो ।
महाप्रबन्धकका लागि पुराना प्रक्रियामा सामेल ७ गरि कुल ६८ जनाले क्यानमा आवेदन दिएका थिए । त्यसबाट ११ जनालाई लिइएको परीक्षामा आफू पनि सहभागी रहेको दाबी गर्दै कोइरालाले शनिबार अन्तावार्ता त्यो पनि होटलमा लिइनुलाई शंकाको दृष्टिबाट हरेका छन् ।
११ मध्येबाट ७ जनाको अन्तवार्ता लिएको र त्यसबाट ढुंगानालाई छनोट गरिएको बताइएको छ । क्यानका सचिव खड्का बलियो नेपालको सस्थापक रहेको र सोही संस्थानमा आबद्ध व्यक्तिलाई महाप्रबन्धक नियुक्त गरिनुमा प्रश्न गरेका छन् ।
March 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सविरुद्ध टस जितेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा मुम्बईमा कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । सुरुवाती खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजीमा रहेका छन् । आफ्नो पहिलो खेलमा गुजरात पञ्जाब किंग्ससँग र मुम्बई चेन्नई सुपर किंग्ससँग […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]