1 year ago
January 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला अदालत काठमाडौंले युवती बलात्कार मुद्दामा नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेको सजाय आज निर्धारण गर्दैछ ।
दुई साता अघि सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोप दोषी ठहर गरेको थियो । तर सजाय भने पुस २५ गते तोक्ने भनेको थियो । उक्त मुद्दामा सन्दीप कति वर्ष जेल जाने र युवतीलाई आर्थिक क्षतिपुर्ती दिने जिल्ला अदालत काठमाडौंंले आज टुङ्गो लगाउनेछ ।
सन्दीप कम्तीमा ३ वर्षभन्दा बढी कैद सजाय हुने सम्भावना छ ।
जाहेरवालीलाई बालिग भनेर जिल्ला अदालतले व्याख्या गरेसँगै बलात्कारमा दोषी सन्दीपलाई राहत पनि मिलेको थियो । अदालतले यो मुद्दामा सन्दीपले युवतीको सहमतिबिना यौनसम्बन्ध राखेको पनि ठहर गरेको थियो ।
यस्तो अवस्थामा १० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।
१० वर्षभन्दा कम सजाय निर्धारण हुने अवस्थामा सन्दीपले अब तत्काल जेल जानु नपर्ने भएको हो। उनले अब जेलबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् । त्यहा पनि दोषी ठहर भएमा सर्वोच्च अदालत जान पाउनेछन् ।
यस मुद्दामा सन्दीप ६ देखी १० बर्षसम्म जेल जान सक्ने सम्भावना रहन्छ ।
गतवर्ष भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन । सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
गत फागुन देखी सन्दीपले नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका थिए । उनीको जिल्ला अदालत काठमाडौंमा लगातार बहस र पेशी चल्दै आएको थियो । पेशी लगातार सर्दै आएको थियो ।
सन्दीपले ९९ दिन काठमाडौंको सुन्धारामा रहेको जेलमा जीवन विताउनु परेको थियो । पाटनले धरौटीमा छाड्न आदेश दिएपछि उनी नेपाली टोलीमा फर्किएका थिए ।
नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजका पछिल्ला १२ खेल मध्य ११ खेल जित्दा सन्दीपको प्रदर्शन महत्वपूर्ण थियो ।
नेपालको ओडिआई मान्यता निरन्तरता दिन, नेपाललाई एसिया कपमा पुर्याउन र टि२० विश्वकपमा पुर्याउन सन्दीपले महत्वपूर्ण प्रदर्शन गरेका थिए ।
विदेश भ्रमणमा भने पेसीको कारण केहि झन्झटमा पर्दै आएका थिए ।
सन्दीप अब निर्दोष साबित नहुन सम्म नेपाली क्रिकेट टोलीबाट पनि खेल्न नपाउने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले हाम्रो खेलकुदलाई बताई सकेका छन् ।
March 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सविरुद्ध टस जितेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा मुम्बईमा कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । सुरुवाती खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजीमा रहेका छन् । आफ्नो पहिलो खेलमा गुजरात पञ्जाब किंग्ससँग र मुम्बई चेन्नई सुपर किंग्ससँग […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]