1 year ago
January 9, 2024
एजेन्सी – मलेसियाका एक सर्वाधिक सफल कप्तान अहमद फैजले युवा ब्याटर विरनदीप सिंहलाई कप्तानी हस्तान्तरण गरेका छन् । अहमद फैजले कप्तानी छाड्दै विरनदीपलाई नेतृत्व दिने निर्णय लिएका हुन् ।
३५ वर्षीय उनले २०१३ देखी मलेसिया टोलीको कप्तानी गर्दै आएका थिए । मलेसिया टोलीबाट सानदार प्रदर्शन गरेपनि उनले कप्तानी छोड्ने समय समय भएको बताउँदै विरनदीपलाई दिएका छन् ।
मलेसियाका युवा स्टार ब्याटर विरनदीप एसोसिएट क्रिकेटमा ठूलो सम्भावना बोकेका खेलाडी हुन् । २४ वर्षीय विरनदीपले ६७ टि२० आई खेलमा १ शतक र १३ अर्धशतकसहित २ हजार १८ रन बनाएका छन् ।
मलेसियाले २०१९ मा टि२० आईको मान्यता पाएपछि अहमद फैजले ६२ खेलमा कप्तानी गरेका थिए । जसमा ३६ खेलमा जित थियो । विरनदीपले मलेसिया टोलीमा ८ खेलमा कप्तानी गरि सकेका छन् ।
विरनदीपले नेपालमा एभेरष्ट प्रिमियर लिग चितवन टाइगर्स र नेपाल सुपर लिग काठमाडौंबाट खेली सकेका छन् ।
मलेसियाले अव २०२७ मा हुने एकदिवसीय विश्वकपको लागि आइसिसी च्यालेन्जर लिग प्लेअफ खेल्नेछ । ५० ओभरको उक्त प्रतियोगिता खेल्न आगामी फेब्रुअरी जानेछ । त्यसअघि भोली देखी अभ्यास गर्न श्रीलंका जानेछ ।
विश्वकप छनोटमा सुपर लिगमा टेस्ट टोली, लिग २ मा ओडिआई मान्यता टोली र च्यालेन्ज लिगमा ओडिआई मान्यता नभएका टोलीहरु खेल्ने गर्दछन् ।
March 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सविरुद्ध टस जितेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा मुम्बईमा कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । सुरुवाती खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजीमा रहेका छन् । आफ्नो पहिलो खेलमा गुजरात पञ्जाब किंग्ससँग र मुम्बई चेन्नई सुपर किंग्ससँग […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]