1 year ago
January 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बाँके जिल्ला क्रिकेट संघले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको लागि लुम्बिनी प्रदेश खेलाडी छनोटमा आपत्ति जनाएको छ । प्रदेश छनोटमा च्याम्पियन बने पनि आफ्नो टोलीबाट तीन मात्रै खेलाडी परेको भन्दै आपत्ति जनाएको छ ।
प्रधानमन्त्री कप पुरुष एक दिवसिय प्रदेश क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थ क्रिकेट मैदान भैरहवामा आइतबार भएको फाईनल खेलमा नवलपरासीलाई पराजित गर्दै बाँकेले जितेको थियो । लुम्बिनीले प्रदेश छनोटको लागि २२ खेलाडी बन्द प्रशिक्षणमा बोलाएकोछ । जसमा लुम्बिनीको बन्द प्रशिक्षणमा सिद्धान्त शाही, मोहम्मद सादब अन्सारी र लवकुश यादव बाँकेबाट परेका छन् ।
‘बन्द प्रशिक्षणमा बोलाएको २२ जना खेलाडी कुन आधारमा गरिएको हो ? च्याम्पियन बाँकेबाट तीन मात्रै खेलाडी र अरु खेलाडी किन नपरेको हो ? खेलाडी छनोटको आधार के हो ? यसरी आफ्नो मान्छेलाई छनोट गर्ने किसिमको कार्य बाँकेले विरोद गर्दै खेलाडीलाई बन्द प्रशिक्षणमा नपठाउने निर्णय गरेका छौं’, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाईले एक प्रेस विज्ञप्तिमा भनेका छन् ।
लुम्बिनीको टोलीमा यस पटक आफ्ना प्रमुख नाम चलेका खेलाडी छैनन् । सौरभ खनालले क्रिकेट खेल्न छाडेका छन् । देव खनाल, विशाल विक्रम केसी र आकाश त्रिपाठी यू१९ विश्वकपको कारण टोलीमा छैनन् । त्यस्तै बसिर अहमद र सन्दीप रजाली आर्मी गई सकेका छन् । देव पनि यू१९ पछि आर्मी जाने तयारीमा रहेका छन् ।
लुम्बिनीको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :
सुशान्त सिंह थापा (कप्तान), मोहम्मद सादव अन्सारी, लवकुस यादव, सिद्धान्त शाही, सम्राट भुषाल, एकलाख अहमद, दिलसाद अली, अजित यादव, नरबहादुर सार्की, रुपेश बश्याल, कृष्ण कार्की, मिर्नल गुरुङ, अभिषेक गौतम, राहुल चौहान, बृष्णु कटारिया, प्रज्जवल थापा, विराट भण्डारी, बिर बहादुर सरु मगर, मोहन खत्री, मोहम्मद हुसेन, प्रतिक भट्टाराई र निर्मल गुरुङ ।
March 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सविरुद्ध टस जितेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा मुम्बईमा कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । सुरुवाती खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजीमा रहेका छन् । आफ्नो पहिलो खेलमा गुजरात पञ्जाब किंग्ससँग र मुम्बई चेन्नई सुपर किंग्ससँग […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]