1 year ago
January 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशको छनोटबाट बारा र पर्सा फाइनलमा पुगेका छन् । बाराले धनुषा तथा पर्साले सिराहलाई सेमिफाइनलमा हराउँदै फाइनलमा पुगेका हुन् ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बाराले २२ ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन बनायो । बाराको लागि साहिल पटेलले ३३, अरनिको यादवले १८ र तृतराज दास १५ रन बनाए । धनुषाका लागि ब्रिकम कुमार यादवले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।
जितको लागि १ सय २५ रनको लक्ष्य पछ्याएको धुनषा २४ ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनायो । उसका लागि हरिशंकर शाहले ३३ बलमा ६ चौकासहित सर्वाधिक ३४ र मयंक यादव २९ रन बनाए । बाराका अनिल कुमार शाहले ५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।
त्यस्तै अर्को सेमिफाइनल खेलमा पर्साले सिराहलाई २ विकेटले हराउँदै फाइनलमा स्थान बनायो । टस जितेर पहिला ब्याटिङ रोजेको सिराह २१.२ ओभरमा १ सय ६ रनमा अल आउट भयो । सिराहका राकेश कुमार २३, कृष्ण शाह २९ र रुपेश सिंहले २२ रन बनाए । पर्साका साम्सद मानसुरीले ३ र साम्सद अन्सारीले २ विकेट लिए ।
जितको लागि १ सय ७ रनको लक्ष्य पछ्याएको पर्साले २२.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । सैफवान अली २९ र इमरान शेख १९ रन बनाए । सोनु शर्मा १६ रन बनाए । प्रदीप पासवानले ३ विकेट लिए । फाइनल बुधबार हुनेछ ।
March 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सविरुद्ध टस जितेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा मुम्बईमा कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । सुरुवाती खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजीमा रहेका छन् । आफ्नो पहिलो खेलमा गुजरात पञ्जाब किंग्ससँग र मुम्बई चेन्नई सुपर किंग्ससँग […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]