1 year ago
January 9, 2024
विनोद सिंह विष्ट, धनगढी
कप्तान नारायण जोशीको शतकीय अलराउन्ड प्रदर्शनमा कैलाली जिल्लाले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको उपाधि जितेको छ। मंगलबार सम्पन्न फाइनल खेलमा बैतडीलाई ३७ रनले पराजित गर्दै कैलालीले उपाधि जितेको हो ।
जितका लागि पाएको २ सय ८० रनको लक्ष्य पछ्याएको बैतडी ३८ ओभरमा २३२ रनमा अल आउट भयो । बतडीका खडक बोहरा र नरेन भट्टले अर्धशतक हिर्काएपनि टोलीलाई जिताउन सकेनन् । खडक ७४ र नरेन ५९ रनमा आउट भए। कैलालीका कप्तान नारायण जोशीले ३, शेर मल्ल र धर्म जोशीले २र२ विकेट लिए ।
यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ४० ओभरमा झारिएको थियोे ।
टस जितेर ब्याटिङ गरेको कैलालीले निर्धारित ४० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७९ रन बनायो । कप्तान नारायण जोशीले ८४ बलमा ५ चौका र ९ छक्कासहित १०१ को शानदार शतकीय इनिङ खेले । यस्तै शेर मल्लले ५० रनको पारी खेले।
बैतडीका खडक बोहराले ३ र कप्तान वसन्त खत्रीले २ विकेट झारे । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस ८ गतेदेखि शुरू भएको छनौट प्रतियोगितामा प्रदेशका शुरू भएको थियोे । प्रतियोगितामा प्रदेशका ८ जिल्लाको सहभागीता रहेको थियो।
प्रादेशिक क्रिकेट संघले एलाइट र प्लेट च्याम्पियनसिप गरेर दुई चरणमा प्रतियोगिता सञ्चालन गरेको हो। गत वर्षको प्रादेशिक छनौटमा सेमिफाइनल पुगेका बैतडी,अछाम,कैलाली र कञ्चनपुरले एलाइट र दार्चुला, बझाङ,डडेल्धुरा र डोटीले प्लेट च्याम्पियनसिप खेलेका थिए।
प्लेट च्याम्पियनसिपबाट क्वालिफायर भएर बझाङले एलाइट च्याम्पियनसिप खेलेको थियोे । यस छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]