default_image

8 months ago

January 8, 2024

१२ वर्षीय वैभवले रणजी ट्रफी खेले

3420 views

0 Bookmark

एजेन्सी – भारतीय १२ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले भारतको चर्चित घरेलु क्रिकेट प्रतियोगिता खेलेका छन् ।
उनले बिहारबाट मुम्बईविरुद्ध डेब्यू गर्दै १९ र १२ रन बनाउँदै आउट भएका थिए ।

भारतबाट यू१९ प्रतियोगिता खेली सकेका बायाँ हाते उनी ओपनर ब्याटर हुन् । उनले गत सिजनको बिहारको विनोद मयंड ट्रफीमा ५ खेलमा ३ सय ९३ रन बनाएका थिए । जसमा उनले एक शतक र तीन अर्धशतक प्रहार गरेका थिए ।

उनी प्रथम श्रेणीमा डेब्यू गर्ने भारतका सबैभन्दा कम उमेरका खेलाडी हुन् । वैभवले भारतका दुई चर्चित खेलाडी युवराज सिंह र सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् । युवराजले १५ वर्ष ५७ दिन र सचिनले १५ वर्ष २ सय ३ दिनमा प्रथम श्रेणीमा डेब्यू गरेका थिए । तर उनले १२ वर्ष २ सय ८४ दिनमै डेब्यू गरेका हुन् ।

गत वर्ष नै उनी भारतको यू१९ बी टोलीमा परेका थिए । उनले भारतबाट यू१९ च्यालेन्जर, चार देश सम्मिलित यू१९ सिरिज पनि खेलेका थिए । गत नोभेम्बरमा उनले भारतयी यू१९ टोलीबाट बंगलादेश र इंग्ल्यान्डविरुद्ध खेलेका थिए । उनले इंग्ल्यान्डविरुद्ध ५३ र बंगलादेशविरुद्ध ७५ रनको इनिङ खेलेका थिए ।

उनले पछिल्लो एक वर्षमा जिल्ला स्तरिय प्रतियोगितामा १० भन्दा बढी शतक प्रहार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.