default_image

9 months ago

January 8, 2024

काठमाडौंलाई हराउँदै चितवन फाइनलमा

892 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीका तीन खेलाडी सम्मीलित काठमाडौं जिल्लालाई बागमती प्रदेश छनोटको दोस्रो सेमिफाइनल खेलमा चितवनले २ विकेटले हराउँदै फाइनलमा पुगेकोछ ।

जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको चितवनले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । चितवनको जितमा सुर्यांसु कोइरालाले ९० बलमा ३ चौकासहित सर्वाधिक ५६ रन बनाए । त्यस्तै प्रतीक श्रेष्ठले ३०, बिमल चालिसे २९, डानिस इकवाल २२, संघर्ष पौडेलले २० रन बनाए ।

काठमाडौंका कप्तान शरद भेषावकरले १० ओभरमा ३९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । प्रतिश जि सिले दुई, मनोज यादव र हरि बहादुर चौहानले १(१ विकेट लिए ।

त्यसअघि उपल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौं ४८।२ ओभरमा १ सय ८८ रनमा अल आउट भयो ।

काठमाडौंका नविन तामाङले ७८ बलमा ५ चौकासहित सर्वाधिक ३२, हरि बहादुर चौहान २१, ईशान पाण्डे डक, रित गौतम ८, रविन जोशी १२, प्रतिश जि.सी २६, शरद भेषावकर २९ र सोनु देवकोटाले २० रन बनाए । चितवनका डानिस इकबालले सर्वाधिक तीन विकेट लिए । संघर्ष पौडेल र गौतम केसीले २-२ विकेट लिए ।

काठमाडौंको टोलीमा शरद, ईशान र प्रतिश नेपाली टोलीबाट खेली सकेका खेलाडी हुन् । त्यस्तै रित र हरि चौहानले यू१९ नेपाली टोलीबाट खेलेका छन् ।

फाइनलमा चितवनले ललितपुरसँग खेल्नेछ । ललितपुरले पहिलो सेमिफाइनल खेलमा नुवाकोटलाई ८ विकेटले हराएको थियो ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.