default_image

1 year ago

January 6, 2024

टि२० विश्वकपमा नेपाल सहज समूहमा, सुपर-८ को दाबेदार !

4126 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगामी जुनमा हुने टि२० विश्वकपको समूह, खेल तालिका र स्थान सार्वजनिक गरेको छ । जुन १ देखी २९ सम्म अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा नेपाल समूह डी छ । समूह डी मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स र नेपाल छन् ।

समूह ए मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् । समूह बी मा इंग्ल्यान्ड, अष्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । समूह सी मा न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् ।

अन्य सबै समूहमा दुई ठूला टेस्ट टिम छन् । समूह ए मा भारत र पाकिस्तान छन् । समूह बी मा ठूला टेस्ट टिमको रुपमा इंग्ल्यान्ड र अष्ट्रेलिया छन् । समूह सी मा ठूला टेस्ट टिममा न्युजिल्यान्ड र वेस्टइन्डिज छन् । तर नेपालको समूहमा बिग टिमको रुपमा दक्षिण अफ्रिका मात्रै छ ।

नेपालको समूहमा टेस्ट टोलीको रुपमा दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका छन् । श्रीलंका र बंगलादेशको पछिल्लो समय स्तर खस्किदो छ । पछिल्ला दुई विश्वकपमा यी दुई टेस्ट टोलीको प्रदर्शन राम्रो पनि छैन ।

एसोसिएट टोलीसँग स्तब्ध भएका छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि लगातार कमजोर प्रदर्शन गर्दै आएका छन् ।

२०२१ को टि२० विश्वकपमा बंगलादेश स्कटल्यान्डसँग ६ रनले हारेको थियो । गत वर्ष श्रीलंका नामिबियासँग टि२० विश्वकपमा ५५ रनले पराजित भएको थियो ।

नेदरल्यान्ड्स र नेपाल एसोसिएट टोली हुन् । पछिल्ला पाँच टि२० आई खेलमा नेपालले नेदरल्यान्ड्सलाई ३ पटक हराएको छ । यद्यपी पछिल्ला दुई वर्षमा नेपालले भन्दा नेदरल्यान्ड्सले विश्व क्रिकेटमा धेरै सानदार प्रदर्शन गर्दै आएकोछ । ठूला टेस्ट टोलीलाई लगातार स्तब्ध पार्दै आएको छ ।

त्यसैले तुलना गर्दा नेपाल अन्य समूह भन्दा सहजमा परेको छ । समूह डी बाट दक्षिण अफ्रिका सुपर ८ मा अपराजित हुँदै जानसक्ने टोलीको रुपमा छ । समूह डी बाट दोस्रो टोलीको रुपमा सुपर ८ मा पुग्न चार टोलीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

गत वर्ष नेदरल्यान्ड्सले टि२० विश्वकप र यस वर्ष एकदिवसीय विश्वकप दुबैमा दक्षिण अफ्रिकालाई हराएको थियो । तर पनि दक्षिण अफ्रिका यस पटक विश्वकपको दाबेदार टोली पनि हो । दुई महिना अघि सम्पन्न एकदिवसीय विश्वकप सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै बाहिरिएको थियो ।

तीव्र गतिका बलर कागिसो रबाडा, एनरिच नोर्किया, जेराल्ड कोट्जी, मार्को यानसन र लुंगी एनगिडी जस्ता नाम छन् । ब्याटरमा डेविड मिलर, एडेन माक्ररम, क्विन्टन डि कक, राइली रोसोउ र हेनरिक क्लासेन लगायतका चर्चित टि२० खेलाडी छन् । नेपालले दक्षिण अफ्रिकासँग पहिलो पटक खेल्नेछ । यो खेल विश्वकपमा नेपालको सबैभन्दा प्रतीक्षा गरेको खेल हुनेछ ।

टि२० विश्वकपा सुपर ८ मा दुई समूहमा विभाजन गरिनेछ । शीर्ष दुई दुई टोली सेमिफाइनल खेल्नेछन् । यस पटक देखी विश्वकपमा २० टोलीको सहभागीता छ ।

यसअघि १६ टोली विश्वकप खेल्ने गर्दथे । पहिलो चरणबाट दुई दुई टोली सुपर १२ मा पुग्ने गर्दथे । तर टोली संख्या बढाएसँगै अव २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । त्यसैले नेपालले ठूला टोलीसँग सोझै खेल्ने अवसर पाएको हो ।

नेपाल २०१४ को टि२० विश्वकपमा भने बंगलादेशसँग नेटरनरेटमा पछि पर्दै पहिलो चरणबाटै बाहिरिएको थियो । त्यो विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई हराएको थियो । बंगलादेशसँग हार्न पुगेको थियो ।

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

March 9, 2025

दीपेन्द्रको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]

Success

Thank you for your time.