default_image

8 months ago

January 5, 2024

टि२० विश्वकपमा नेपाल र दक्षिण अफ्रिका एकै समूहमा

2057 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा नेपाल र दक्षिण अफ्रिका एकै समूहमा परेका छन् । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आधिकारिक रुपमा खेल तालिका र समूह सार्वजनिक गरेको छ ।

नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । दोस्रो खेल नेपालले ११ जुनमा श्रीलंकासँग खेल्नेछ । सरुवाती दुई खेल नेपालले अमेरिकामा खेल्नेछ । त्यसपछि बाँकी दुई खेल वेस्टइन्डिजमा गएर खेल्नेछ । नेपालले जुन १४ मा सेन्ट भिनिसेन्ट द गार्डेन्समा दक्षिण अफ्रिकासँग खेल्नेछ । सोही मैदानमा नेपालले जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।

समूह ए मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् । समूह बी मा इंग्ल्यान्ड अष्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् ।

समूह सी मा न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर ८ मा पुग्नेछन् । विश्वकप फाइनल २९ जुनमा हुनेछ । विश्वकप १ जुन देखी सुरु हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.