10 months ago
January 3, 2024
एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिका दोस्रो टेस्ट खेलमा भारतसँग ५५ रनमा अल आउट भएको छ । केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका २३.२ ओभरमा ५५ रनमा अल आउट भयो ।
दक्षिण अफ्रिकाका कायल भेरेयानले सर्वाधिक १५ रन बनाए । डेविड बेडिंघमले १२, टोनी डी जोर्जी २ र डिएन एल्गर ४ रनमा आउट भए ।
भारतको सानदार बलिङ सामु दक्षिण अफ्रिकाका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका मोहम्मद शिराजले ९ ओभरमा ३ मेडनसहित १५ रन खर्चेर ६ विकेट लिए ।
जस्प्रित बुमराह र मुकेश कुमारले २-२ विकेट लिए । दुई खेलको सिरिजमा दक्षिण अफ्रिका १-० ले अघि छ । पहिलो खेलमा दक्षिण अफ्रिका ३२ रनको इनिङ अन्तरले विजयी भएको थियो ।
October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]
October 18, 2024
एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]
October 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]