default_image

12 months ago

January 3, 2024

रुविना सर्वोत्कृष्ट खेलाडी

885 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीकी पूर्वकप्तान रुविना क्षेत्री बेलबासे प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा सवोत्कृष्ट खेलाडी चुनिएकी छिन् । कोशीलाई फाइनल सम्म पुर्याउन रुविनाले सानदार अलराउन्ड प्रदर्शन गरेकी थिइन् । उनले यमाह १२५ सिसीको स्कुटर प्राप्त गर्नेछिन् ।

रुविनाले यस प्रतियोगितामा १० खेलमा ३ अर्धशतकसहित कुल ३ सय ४५ रन बनाइन् । उनले ५६ चौका र ३ छक्का प्रहार गरेकी थिइन् । रुविनाले बलिङमा ११ विकेट लिएकी थिइन् ।

रुविनाले कर्णालीविरुद्ध २५ रन बनाउनुको साथै १ विकेट लिएकी थिइन् । त्यस्तै बागमतीसँग २, मधेशसँग ५७, एपिएफ ४१, गण्डकीसँग ४, सुदूरपश्चिमविरुद्ध ५१, लुम्बिनीसँग ४४, एपिएफ २२ र सुदूरपश्चिमसँग क्वालिफायरमा ४४ रन बनाएकी थिइन् ।

बलिङमा लुम्बिनीविरुद्ध ४ र गण्डकीसँग ३ विकेट लिइन् । रुविनाले दुई प्लेयर अफ द म्याच अवार्ड जितेकी छिन् । फाइनलमा रुविनाले ५८ बलमा ७ चौका र १ छक्कासहित ६२ रन र एक विकेट लिएपनि जिताउन सकेकी थिइनन् ।

उदीयमान खेलाडी गण्डकी ज्योत्स्निका मरासिनीले प्राप्त गरिन् । उनले ५० हजार बराबरको क्रिकेट सामाग्री प्राप्त गर्नेछिन् । उनले ७ खेलमा ९१ रन बनाएकी थिइन् । जसमा कर्णालीविरुद्ध ५० रनको इनिङ खेलेकी थिइन् ।

प्रतियोगिता उत्कृष्ट बलर पुजा महतो चुनिन् । पुजाले ७ खेलमा १२ विकेट लिएकी थिइन् । उनले ५० हजार प्राप्त गर्नेछिन् । उनले ७ खेलमा २६.३ ओभरमा ९६ रन खर्चेर १२ विकेट लिएकी थिइन् ।

सुमन खतिवडा उत्कृष्ट ब्याटर चुनिन् । उनले ७ खेलमा २ सय १२ रन बनाएकी थिइन् । सुमन र पुजाले समान ५० हजार प्राप्त गर्नेछन् । फाइनलमा एपिएफले कोशीलाई ११ रनले हराउँदै उपाधि जितेको थियो ।

December 17, 2024

एनपिएलमा हराएको कुशलको ब्याटिङ कौशल

भुपेन्द्र जि.सी. कुशल भुर्तेलका लागि नेपाल प्रिमियर लिगको सुरुवात बिर्सनलायक रहेको थियो । आफूले सामना गरेको पहिलो बलमै पाकिस्तानी सोहेल तन्भिरविरुद्ध फितलो सट खेलेर आउट भएका कुशलको पूरा सिजन रन जोड्ने संघर्षमै सिमित रह्यो । कुशलको कमजोर प्रदर्शनकै कारण पनि उनी मार्की तथा कप्तान रहेको पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरियो । ८ टोली सहभागी एनपीएलमा […]

December 17, 2024

एनपिएल विजेताले १ करोड १० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ। एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्ने […]

December 17, 2024

एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा पुगेको छ । नेपाल र भारत यु १९ बीचको खेल वर्षाका कारण स्थगित भए पछि नेपाल अपराजित रुपमा सुपर ४ मा पुगेको हो । नेपालले दिएको ९५ रनका लक्ष्य पछ्याउने क्रममा भारी वर्षा भए पछि खेल रद्द भएको हो । […]

Success

Thank you for your time.