default_image

8 months ago

January 2, 2024

पिएमकपमा सर्वोत्कृष्ट खेलाडीका दाबेदारहरु

1257 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा बुधबार नेपाल एपिएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वालिफायरमा एपिएफले कोशीलाई ५२ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । कोशीले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

यस प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) ले यमाहको १ सय २५ सिसीको स्कुटर प्राप्त गर्नेछिन् । जसमा समग्र प्रतियोगिता प्रदर्शन हेरेर प्रदान गरिनेछ । पिएमकपको सर्वोकृष्ट खेलाडीका दाबेदार तीन खेलाडी यस प्रकार छन् ।

१.रुविना क्षेत्री बेलबासे (कोशी)

नेपालकी पूर्वकप्तान रुविना क्षेत्री बेलबासे सर्वोत्कृष्ट खेलाडीकी प्रमुख दाबेदार हुन् । कोशीलाई फाइनलसम्म पुर्याउन रुविनाले अलराउन्ड प्रदर्शन गरेकी छिन् । यस प्रतियोगितामा सर्वाधिक रन बनाउने शीर्ष र विकेट लिनेमा तेस्रो स्थानमा छिन् ।

रुविनाले ९ खेलमा २ अर्धशतकसहित कुल २ सय ८३ रन बनाएकी छिन् । जसमा ४९ चौका र २ छक्का प्रहार गरेकी थिइन् । बलिङमा रुविनाले ९ खेलमा १० विकेट लिएकी छिन् । सर्वाधिक विकेट लिने खेलाडीमा तेस्रो स्थानमा छिन् ।

रुविनाले कर्णालीविरुद्ध २५ रन बनाउनुको साथै १ विकेट लिएकी थिइन् । त्यस्तै बागमतीसँग २, मधेशसँग ५७, एपिएफ ४१, गण्डकीसँग ४, सुदूरपश्चिमविरुद्ध ५१, लुम्बिनीसँग ४४, एपिएफ २२ र सुदूरपश्चिमसँग क्वालिफायरमा ४४ रन बनाएकी थिइन् ।

बलिङमा लुम्बिनीविरुद्ध ४ र गण्डकीसँग ३ विकेट लिइन् । रुविनाले दुई प्लेयर अफ द म्याच अवार्ड जितेकी छिन् । सानदार अलराउन्ड प्रदर्शन गरेको हुँदा रुविना सर्वोत्कृष्टको प्रमुख दाबेदार देखिएकी छिन् ।

२. इन्दु बर्मा (एपिएफ)

एपिएफकी उपकप्तान तथा सिनियर टोलीकी कप्तान इन्दु बर्मा पनि सर्वोत्कृष्टको दाबेदार खेलाडी हुन् । इन्दुले ६ इनिङमा २ अर्धशतकसहित कुल २ सय ३१ रन बनाएकी छिन् । बलिङमा पाँच विकेट लिएकी छिन् ।

उनले लुम्बिनीविरुद्ध ७०, सुदूरसँग ३१, कोशीसँग लिगमा ३६ र क्वालिफायरमा ५६ रन बनाएकी थिइन् । यी सबै खेलमा नट आउट पनि थिइन् । बागमतीसँग २८ र गण्डकीसँग १० रनमा आउट भएकी थिइन् । इन्दुले लिगमा दुई र क्वालिफायरमा एक गरि कुल तीन प्लेयर अफ द म्याच अवार्ड जितेकी छिन् ।

३.पुजा महतो (मधेश)

मधेशकी युवा अलराउन्डर पुजा महतो पनि सर्वोत्कृष्टको दाबेदार खेलाडी हुन् । टोलीलाई शीर्ष चारमा पुर्याउन नसकेपनि प्रतियोगितामा उनले सानदार अलराउन्ड प्रदर्शन गरेकी थिइन् । उनले ७ खेलमा २ सय १२ रन बनाउनुको साथै १२ विकेट लिएकी थिइन् ।

सर्वाधिक विकेट लिने खेलाडीमा शीर्षस्थानमा छिन् । उनले यस प्रतियोगितामा कर्णालीविरुद्ध ४९ रन बनाउनुको साथै ४ विकेट लिएकी थिइन् । लुम्बिनी प्रदेशविरुद्ध ६० रनमा अविजित रहँदा १ विकेट, सुदूरसँग २७ रन, गण्डकीसँग ३८ र बागमतीसँग २५ रन बनाएकी थिइन् । बलिङमा एपिएफ बाहेक अन्य सबै खेलमा विकेट लिएकी थिइन् ।

मधेशको तीनै खेलमा प्लेयर अफ द म्याच अवार्ड उनले जितेकी थिइन् । यस प्रतियोगिता लिगमा तीन प्लेयर अफ द म्याच जित्ने उनी एक्लो खेलाडी पनि हुन् । जसले गर्दा उनी पनि सर्वोत्कृष्टको दाबेदार देखिन्छन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.