default_image

10 months ago

January 2, 2024

शरदसहित सिनियर टोलीका तीन खेलाडी सम्मिलित काठमाडौंलाई ललितपुरले हरायो

1288 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश छनोटको पहिलो दिन ललितपुर र चितवनले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा ललितपुरले सिनियर टोलीबाट खेलेका चार खेलाडी सम्मिलित काठमाडौंलाई ४ विकेटले हरायो । जितको लागि २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको ललितपुरले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

काठमाडौंको टोलीबाट शरदसँगै प्रतिश जि.सी र ईशान पाण्डे सिनियर टोलीबाट खेलेका खेलाडी हुन् । नेपालको यू१९ टोलीबाट खेलेका हरि चौहान र रित पनि काठमाडौंमा थिए । उता ललितपुरको सिनियर टोलीबाट खेलेका खेलाडी कोहि पनि थिएनन् ।

ललितपुरको जितमा दुर्गेश थापा क्षेत्रीले ७४ बलमा १० चौकासहित ७१ रन बनाए । त्यस्तै नेपालको यू१९ टोलीबाट खेली सकेका विवेक रानामगरले सर्वाधिक ६९ बलमा ९ चौका र ५ छक्कासहित ८६ रनको योगदान दिए ।

काठमाडौंका शरद भेषावकरले ८ ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि.सीले ६.५ ओभरमा ५१ रन खर्चेर २ विकेट लिए । ईशान पाण्डे र सोनु देवकोटाले १–१ विकेट लिए ।

त्यसअघि तल्लोमुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौं ४० ओभरमा २ सय ३९ रनमा अल आउट भएको थियो । काठमाडौंका ईशान पाण्डेले १ सय १६ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ९२ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन ।

रोविन जोशीले ५८ बलमा ५ चौका र १ छक्कासहित ५९, रित गौतम शून्य, हरि चौहान १६, प्रतिश जि.सी ८, शरद भेषावकर १५ र सोनु देवकोटाले १५ रन बनाए ।

ललितपुरका आदिल खान र पंकज पाण्डेले समान तीन विकेट लिए । बागमती छनोटको अर्को खेलमा चितवनले नुवाकोटलाई ७१ रनले हरायो ।

जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको नुवाकोट १५.१ ओभरमा ६१ रनमा अल आउट भयो । नुवाकोटका अशोक पौडेलले १५ र अनुभव खनालले १७ रन बनाउँदा अन्य कुनैले पनि राम्रो गर्न सकेनन् । चितवनका कृर्जन गुरुङ र डानिश इकबालले ४-४ विकेट लिए ।

त्यसअघि गौतम बुद्ध रंगशाला भरतपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवन ३०.२ ओभरमा १ सय ३२ रनमा अल आउट भयो । चितवनका रोशन झाले ३१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए ।

प्रतिक श्रेष्ठले २२ रन बनाउँदा अन्यले राम्रो गर्न सकेनन् । नुवाकोटका सुशिल साउदले ६.२ ओभरमा २८ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । अभिषेक कोइराला र अभियान बस्नेतले २–२ विकेट लिए ।

प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता माघ पहिलो साता काठमाडौं, मुलपानी र भैरहवामा सुरु हुँदैछ । त्यसअघि सबै प्रदेशले छनोट सुरु गरेका छन् । बागमती प्रदेश छनोटको समूह ए मा काठमाडौं, भक्तपुर, ललितपुर र टियु छन् । समूह ए का सबै खेल मुलपानीमा हुनेछन् । समूह बी मा नुवाकोट, मकवानपुर र चितवन छन् । समूह बी का खेल भरतपुरमा हुनेछन् ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.